5 years ago
June 25, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस ला लिगाअन्तर्गत घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो मैदानमा मालोर्कालाई पराजित गर्दै लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ । बुधबार रातिको खेलमा रियल २-० ले विजयी रहयो ।

खेलको सातौं मिनेटमा नै मालोर्काका कप्तान तथा गोलरक्षक मानोलो रेइनाले एक मिनेटको अन्तरमा दुई उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा नै राखे । करीम बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र छातीले बल नियन्त्रण गर्दै गरेको प्रहार रेइनाले विफल पारेका थिए । लगत्तै बेलले लामो दुरीबाट गरेको प्रहार पनि उनले बचाए ।
खेलको ११ औं मिनेटमा मालोर्काका इद्रिसा बाबाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार रियलका गोलरक्षक थिबाउट कोर्टुवाले डाइभ दिँदै विफल पारे ।
खेलको १९ औं मिनेटमा रियलले युवा विंगर भिनिसियस जुनियरको गोलमा अग्रता लियो । लुका मोड्रीचले अफसाइड ट्रयाप बिट गरेर दिएको पासलाई भिनिसियसले ६ यार्ड बक्स नजिकबाट गोलरक्षकको माथिबाट चिप गरेका थिए ।

२४ औं मिनेटमा भिनिसियस रियल म्याड्रिड र व्यक्तिगत दोस्रो गोल गर्नबाट बन्चित रहे । बेन्जेमाको थ्रु पासलाई भिनिसियसले गोलरक्षकको माथिबाट चिप प्रहार गरेपनि बल क्रसबारमा लाग्दै फर्किएको थियो । फर्केर आएको बललाई उनले डिफेन्डरसँग जुध्दै हेडरमार्फत गोल गर्न भने सकेनन् ।
२७ औं मिनेटमा इडेन हाजार्डको प्रहारले पोस्टको दिशा लिन सकेन । ४२ औं मिनेटमा मोड्रीचको फ्रिकिकलाई गोलरक्षक रेइनाले पन्च गरेर खतरा टारे । पहिलो हाफमा रियलले १-० को अग्रता लिएको थियो ।

दोस्रो हाफको ५१ औं मिनेटमा भिनिसियसको थ्रु पासमा बेन्जेमाको प्रहारलाई गोलरक्षक रेइनाले दोस्रो प्रयासमा समाए । तर त्यसको केहि मिनेटपछि नै रियलले अग्रता दोब्बर पार्यो । कप्तान सर्जियो रामोसले फ्रिकिकमा सिधै गोल गर्दै रियललाई बलियो स्थितिमा पुर्याए । रामोसले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार टप कर्नरमा गोल भएको थियो ।
६३ औं मिनेटमा टाकेफुसा कुबोले एकल प्रयासमा उत्कृष्ट मुभ बनाएपनि अन्त्यमा उनको प्रहारले पोस्टको बाहिरि भाग भेटेको थियो । ८२ औं मिनेटमा मालोर्काका यानिस सालिबुरको फ्रिकिकले पोस्टको दिशा लिन सकेन । ९० औं मिनेटमा रियलका ब्राहिम डियाजको प्रहारलाई रेइनाले डाइभ दिँदै बचाए ।

यस जितसँगै रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । रियल र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक रहेको छ । हेड टु हेडको आधारमा रियलले बार्सिलोनालाई उछिनेको हो । मालोर्का भने ३१ खेलमा २६ अंकसहित रेलिगेसन क्षेत्रमा नै अड्केको छ ।
अन्य खेलको समाचार पढ्नुहोस् :
रियल म्याड्रिड लिगको शीर्षस्थानमा उक्लियो
लाजियो हार्दा शीर्षस्थानको युभेन्टसलाई फाइदा
फराकिलो जितसँगै लिभरपुल उपाधिनजिक
मार्सियलको ह्याट्रिकमा युनाइटेडको सहज जित
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]