default_image

4 years ago

June 27, 2020

रहेनन् विदेशी भूमिमा नेपाललाई पहिलो जित दिलाउने कप्तान

राजबहादुर सिंह (आरबी राजा), राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवम् पूर्व सदस्य सचिव, राखेप सिंहको ८८ बर्षको उमेरमा शुक्रबार राती १० बजे छाउनीस्थित निवासमा निधन भएको थियो । शनिबार पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार भएको थियो । उनका श्रीमती, २ छोरा र १ छोरी छन् । फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक […]

170 views

0 Bookmark

राजबहादुर सिंह (आरबी राजा), राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवम् पूर्व सदस्य सचिव, राखेप

सिंहको ८८ बर्षको उमेरमा शुक्रबार राती १० बजे छाउनीस्थित निवासमा निधन भएको थियो । शनिबार पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार भएको थियो । उनका श्रीमती, २ छोरा र १ छोरी छन् । फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिकाबाट उनको संस्मरण साभार यसप्रकार छ :

जन्म त मेरो भारतको जयनगरमा भयो, १९८९ सालमा । हाम्रो पुख्र्यौली घर असनमै हो । तर राणा शासनमा सरकार लाग्यो । हाम्रो सर्वस्वहरण भयो । मेरो बुबा शमशेरबहादुर सिंहसहित सारा परिवार भारत निर्वाचित हुनुपर्यो, राजनीतिक कारणले ।

मैले फुटबलको गुण जयनगरमा नै सिकें, १–२ कक्षा देखि नै । त्यहाँ विद्यालयमा धेरै खेल खेलिन्थ्यो, तर सबै भन्दा मन भने फुटबलै पर्ने । त्यहाँ खेल्ने माहोल त थियो, यहाँ भन्दा । तर, परिवार भने मैले खेल्दा कहिल्यै खुसी भएनन् । अनि, १४–१५ वर्षकै उमेरमा म नेपाल फर्किएँ । राणा शासनको समाप्तिसँगै सबै परिवार काठमाडौं फर्किए । हामीले सरकारीकरण भएको घरजग्गा त फिर्ता पायौं नै साथै क्षतिपूर्तिबापत १० हजार रुपैयाँ पनि पाइएको थियो ।

मैले २०११ सालमा पहिलो पटक विद्या व्यायाम मन्दिरका लागि ए डिभिजन लिग खेले । त्यही वर्ष श्याम शाह (युद्धविक्रम शाह) ले नेतृत्व गर्नुभएको टोलीमा समावेश भएर कोलकातामा गएर पनि खेले । भारतीय फुटबल संघ (आइएएफ) सिल्ड खेल्न गएका थियौं । त्यो खेलमा म उपकप्तान थिए । त्यसपछि सन् १९५३ मा पहिलो पटक मेरो कप्तानीमा पाकिस्तानमा गएर खेलियो ।

सन् १९६३ पूर्वी पाकिस्तानको ढाकामा आयोजित आगा खाँ गोल्डमा पनि कप्तानी गरे । त्यसबेला हामीले खेलेका तीन खेलमध्ये एक खेल जितेका थियौं । वान्डरस् क्लब र पश्चिमी पाकिस्तानले हामीलाई हराए । तर, पाकिस्तान पुलिसलाई भने हामीले हरायौं । प्रकाशविक्रम शाहले हानेको गोलले हाम्रो जित सुनिश्चत भएको थियो । नेपालले विदेशी भूमिमा जितेको पहिलो खेल त्यहि थियो ।

उमेरले ८६ वर्ष भन्दा बढी भइसकियो । शरीर अनि स्मरणशक्ति कमजोर बनिसक्यो । कतिपय कुरा बिर्सिसके । त्यसका लागि त मैले क्षमा माग्नैपर्छ । इतिहास खोतल्ने यो अभियानमा मेरो शारीरिक क्षमताका कारण कतिपय इतिहास मसँगै हराउला कि भन्ने भय पो जाग्यो । फुटबल अत्यन्त झगडालु खेल हुन्थ्यो, त्यसबेला । प्रायजसो खेल झगडामै टुंगिन्थ्यो ।

२०२० सालमा फुटबलबाट सन्यास लिएपछि मैले रफ्रीका रुपमा पनि काम गरे । २०२३–२४ साल तिर आयोजित त्रिभुवन च्यालेन्ज सिल्डमा देहरादुन तथा कोलकाताको बर्ड क्लबबीचको खेलमा झगडा नै पर्यो । कोलकाताको क्लबका खेलाडीले हानेको लात्ती लागेर हिरा गुरुङ नराम्रोसँग घाइते बने । त्यो प्रहारका कारण उनको एउटा किड्नी नै ड्यामेज भएको थियो ।

सो खेलमा झगडा हुन सक्छ भने अनुमानकै आधारमा अरु रेफ्रीले त्यो खेल खेलाउन मानेनन् । अनि म मैदानमा छिरे । मेरो स्वभाव अलि कडा नै थियो । त्यसैले आँट पनि गरे । कतिपय खेल खेलाउँदा त मैले समेत झन्डै पिटाइए खाएको घटना पनि छन् । तर, यकिन गरेर भन्न सक्ने अवस्था छैन ।
मैले खेल्नका लागि १० वर्ष त पढाई नै छाडे ।

तर, पछि नपढि हुँदैन भन्ने चेतका कारण इतिहासमा स्नातकोत्तर गरेर त्रिभुवन विश्वविद्यालयमा समेत पढाए । राजनीति गरेकै कारण सहाना प्रधानसहित मलाई पनि जागरिबाट निकालियो । उहाँ कम्युनिष्ट, म कांग्रेसी विचारधारा राख्ने । मेरो जीवनको पछिल्लो कही समय खेल व्यवस्थापन पनि पनि बित्यो ।

तत्कालिन अधिकारकुमार बुसन्धरा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संरक्षक हुँदा लामो समय सदस्यका रुपमा कार्य गरे । सन् १९९३ मा त सदस्य सचिव नै भए । मेरो त्यो कार्यकालमा बंगलादेशमा आयोजित दक्षिण एसियाली खेलकुद (तत्कालिन साफ, हालको साग)मा नेपालले भाग लियो ।

कुनै खेलले स्वर्ण पदक जित्न नसक्दा दुःख लागिरहेको अवस्थामा अन्त्यमा फुटबलले नै एक मात्र स्वर्ण पदक दिलायो । सबै दुःख भुलेर म त्यो सफलतामा अति रमाए । त्यसपछि मलाई खेलकुद परिषद्बाट हटाइयो । अनि खेलकुदबाट टाढै बसे । तर, अहिले पनि खेलकुदको साह्रै मोह लाग्छ । टेलिभिजनमा समते खेलकुदबाहेक केही हेर्दिन ।

म खेल व्यवस्थापनमा रहे । तर, कहिल्यै आफू अनुरुप काम गर्नै मौका पाइएन । मलाई सधै खेलकुदको भने जस्तो विकास हुन नसकेकोमा चिन्ता भने लागिरहन्छ । खेल छाडेपछि धेरैले मलाई माया पनि मारे । मलाई सम्झने कमै भए । त्यसले पनि कहिलेकाहीँ मन बिझाउँछ । जे भएपनि यो जीवनमा मलाई खेलकुदको मोहले छाड्न सक्दैन ।

साभार– फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिकाबाट गरिएको हो । मिसनसँग हाम्रो खेलकुद डटकमले अनलाइन सहकार्य गरेकाले आउने दिनमा स्मारिकामा रहेका अन्य लेख क्रमश: प्रकाशित हुनेछ ।

नेपालका पूर्वकप्तानहरुको संस्मरणहरु

March 18, 2024

बहराइन जान खोज्ने पदाधिकारीको नाम राखेपबाट अस्वीकृत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राष्ट्रिय फुटबल टोलीसँग प्रत्यक्ष सरोकार राख्ने बाहेक अन्य पदाधिकारीलाई भने बहराइनको खेल हेर्न जानबाट रोक लगाएको छ । बहराइनमा हुने फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोट खेलका लागि एन्फाले फुटबल टोलीका साथ पदाधिकारी र अन्य गरि ४१ जनाको नाम बिहीबार स्वीकृतिका लागि राखेपमा […]

March 18, 2024

एट्लेटिकोलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बार्सिलोना आइतबार एट्लेटिको मड्रिडलाई ३-०ले हराउँदै स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औं मिनेटमा जोआओ फेलिक्सले गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । यो सिजन लिगमा उनको त्यो छैटौं गोल हो ।  दोस्रो हाफको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो। ६५ औं मिनेटमा […]

March 18, 2024

लिभरपुलविरुद्ध रोमाञ्चक जित सहित म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

एजेन्सी – चिर प्रतिद्वन्दी लिभरपुल माथि रोमाञ्चक जित दर्ता गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुललाई अतिरिक्त समयमा ४-३ को जित निकाल्दै युनाइटेड अन्तिम चारमा पुग्न सफल भएका हो । निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय […]

Success

Thank you for your time.