5 years ago
July 16, 2020
एजेन्सी – स्पेनिस ला लिगाको उपाधिका लागि चिर परिचित प्रतिद्वन्द्वी रियल म्याड्रिड र बार्सिलोनाबीच प्रतिस्पर्धा जारी छ । उपाधि होडसँगै व्यक्तिगत उपाधिका रुपमा रहेको पिचिची ट्रफीमा पनि दुवै टोलीका फरवार्ड करीम बेन्जेमा र लिओनेल मेस्सीबीच प्रतिस्पर्धा चलिरहेको छ ।

लिग उपाधि होडमा रियल म्याड्रिड बार्सिलोनाभन्दा ४ अंकले अगाडी छ । दुई चरणको खेल बाँकी रहँदा रियलले उपाधि जित्ने लगभग पक्का छ । बिहीबार राती रियलले भिल्लारियललाई पराजित गर्दै लिग उपाधि आफ्नो पोल्टामा पक्का पार्ने देखिन्छ । यता बार्सिलोना भने रियलले बाँकी दुई खेलमै अंक गुमाएमात्र उपाधि होडमा फर्कनेछ ।
यता लिगको सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने पिचिची ट्रफीमा भने बार्सिलोनाका कप्तान मेस्सी अगाडी छन् । उनले २२ गोल गरेका छन् भने दोस्रो स्थानमा रहेका बेन्जेमाको १९ गोल पुगेको छ । लिगका २ खेल बाँकी रहँदा बेन्जेमासँग मेस्सीलाई उछिन्ने झिनो अवसर भने बाँकी नै छ ।

पछिल्लो खेलहरुमा उच्च लयमा रहेका बेन्जेमाले मेस्सीलाई जित्ने अर्को आधार दुई खेलाडीबीच प्रदर्शन भिन्नता पनि हो । लगातार खेलिरहेका मेस्सीले पछिल्लो ३ खेलमा गोल गरेका छैनन् । प्रशिक्षक किके सेटिन आफैं पनि मेस्सीलाई विश्राम आवश्यक रहेको स्वीकार्छन् । यता बेन्जेमा भने आफ्नो गोल गर्ने लयलाई कायम राख्न चाहन्छन् ।
जारि सिजन मेस्सीले पेनाल्टीमार्फत ५ गोल गरेका छन् भने बेन्जेमाले २ गोल मात्र पेनाल्टीमा गरेका छन् । रियल म्याड्रिडमा पहिलो रोजाईमा सर्जियो रामोसले पेनाल्टी हान्ने भएकाले पनि बेन्जेमालाई केहि घाटा हुन पुगेको छ । यदि पेनाल्टी गोल गणना नगर्ने हो भने मेस्सी र बेन्जेमा दुवैको १७-१७ गोल हुन आउँछ ।

सन् २०१४/१५ यता रियल म्याड्रिडका खेलाडीले यस अवार्ड जित्न सकेका छैनन् । बार्सिलोना कप्तान मेस्सी र लुइस सुआरेजमध्य एकले नै यस अवार्डमा दबदबा कायम गरेका छन् । यस सिजन पनि मेस्सीले नै यो उपाधि जित्ने सम्भावना रहेको छ ।
यो पनि पढ्नुहोस :
बार्सिलोनालाई ओसासुनाको चुनौती
रियललाई आजै च्याम्पियन बन्ने अवसर!
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]