default_image

4 years ago

July 27, 2020

युभेन्टस सिरी ‘ए’ च्याम्पियन

50 views

0 Bookmark

एजेन्सी – इटालियन जाइन्ट युमेन्टस लगातार नवौं सिजन इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । घरेल मैदान एलिएन्ज एरिनामा साम्पडोरियामाथि २–० को जित निकाल्दै युभेन्टस दुई खेल बाँकी छदै सिरी ‘ए’ च्याम्पियन बनेको हो । 

युभेन्टसलाई च्याम्पियन बनाउन क्रिस्टियानो रोनाल्डो र फेडरिको बर्नरडेस्चीले गोल गरे । रोनाल्डोले एक पेनाल्टीमा गोल गर्न सकेनन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पाहुना टोलीलाई दवावमा राखेपनि युभेन्टसले गोलको लागि पहिलो हाफको अन्तिम समय नै कुर्नुपरेको थियो ।

२०औं मिनेटमा रोनाल्डोले गोल गर्ने अवर चुकाउदा युभेन्टस अग्रता लिनबाट चुकेको थियो । ४४औं मिनेटमा मिरालेम प्यानिचको पासमा फेडरिको बर्नरडेस्चीको साम्पडोरियाका गोलरक्षक इमिल एयुडेरोले बचाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । मिरोलम प्यानिचको उत्कृष्ट सेट पिस पासमा रोनाल्डोले बटम राइट कर्नरमा गोल गर्न सफल भएको थियो ।

५२औं मिनेटमा साम्पडोरियाका जाकुव जान्कटुले अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । ६१औं मिनेटमा रोनाल्डोको प्रहारलाई गोलरक्षक इमिल एयुडेरोले बचाए । ६७औं मिनेटमा फेडरिको बर्नरडेस्चीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । पेनाल्टी बक्स बाहिरको रोनाल्डोको सशक्त प्रहारलाई गोलरक्षक इमिल एयुडेरोले रोकेपनि रिवाउन्डमा फेडरिकोले गोल गर्न सफल भएका थिए ।

७७औं मिनेटमा साम्पडा्ेरिया १० खेलाडीमा समेटियो । मिरालेम प्यानिचमाथि फउल गरेपछि रेफ्रीले मोर्टेन थोर्सवीलाई दोहोरो पहँेलो कार्ड देखाउदै मैदान बाहिर पठाए । ८८औं मिनेटमा युभेन्टसले पेनाल्टी पाएपनि रोनाल्डोले सदुपयोग गर्न सकेन । एलेक्स सान्द्रोलाई डिपाओलीले पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा रोनाल्डोको प्रहार क्रसबारमा लागेर बाहिरिएको थिए ।

च्याम्पियन बनेको युभेन्टसको ३६ खेलबाट ८३ अंक पुगेको छ । दोस्रो स्थानम रहेको इन्टर मिलानको ७६ अंक रहेको छ । पराजित साम्पडोरिया ४१ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.