5 years ago
December 8, 2020
सुबास हुमागाईं, काठमाडौं
जसरि सवारी साधन चलाउन एक चालकसँग लाइसेन्स हुनुपर्छ, क्लब संचालन गर्न एएफसीले निश्चित मापदण्ड तोकेर ल्याएको पद्दति हो एएफसी क्लब लाइसेन्सिङ । लाइसेन्सका लागि योग्य नभएको चालकले हाँकेको सवारी दुर्घटना हुने डर धेरै हुन्छ, त्यसैगरी एएफसीले ठूला प्रतियोगिता खेल्दा क्लबहरु दुर्घटनामा नपरुन भन्ने हेतुले यो अवधारणा अघि सारेको हो ।

एएफसीले सन् २०१६ मा क्लब लाइसेन्स सुरु गर्दै सन् २०१८ देखि अनिवार्य रुपमा यसलाई लागु गर्न पाउने नियम बनाएको थियो । एएफसी प्रतियोगिता खेल्न सन् २०१६ देखि दुई वर्ष केहि लचकता अपनाएको एएफसीले सन् २०१८ देखि भने अनिवार्य रुपमा दिइएको १८ वटा मापदण्ड पूरा गर्न भनेको थियो । नेपालमा खेल मैदान नहुँदा दशरथ रंगशाला र एन्फा कम्प्लेक्स नै मुख्य रंगशालाको रुपमा प्रस्तुत गर्ने विकल्प पनि रहेको छ ।
एएफसीले आफ्नो क्लब लाइसेन्सको मापदण्ड अघि सबै देशका संघलाई स्थानीय क्लब लाइसेन्सको लागि आवश्यक मापदण्ड तोक्न पनि सुझाव दिएको थियो । केहि देशले त्यसमा तदारुकताका साथ लाग्दा नेपालको योजना भने बोलीमा मात्र सिमित छ । लिगका ठूला क्लब एएफसीकै क्लब लाइसेन्सका लागि योग्य ठहर भएका छैनन् ।
पछिल्लो समय नेपालका क्लब एएफसीको क्लब प्रतियोगितामा खासै देखिएका छन् । सन् २०१६ को एएफसी कपमा थ्री स्टारले प्लेअफ चरण पार गरेपनि एन्फाको गल्तीका कारण दोस्रो चरणमा खेल्न पाएको थिएन । सन् २०१७ मा नेपालले सहभागिता जनाउन पत्र नै नपठाएको यस प्रतियोगितामा सन् २०१८ मा कुनै क्लबले लाइसेन्स प्राप्त गरेनन् ।

त्यसपछि सन् २०१९ मा मनाङले समूह चरणमा भारतको मिनेर्भा पन्जाब, चेन्नईयन र बंगलादेशको अबहानीसँग खेलेको थियो । मनाङ लिगका ६ खेलमा जम्मा २ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको थियो ।
अघिल्लो वर्ष एन्फाले ९ क्लबलाई एएफसी लाइसेन्सका लागि योग्य रहेको ठहर गरेको थियो । तर एएफसीले पछि सबै क्लब उक्त लाइसेन्सका लागि अयोग्य रहेको ठहर गर्दै एन्फालाई जरिवाना गरेको थियो । पहिलो गल्ति भएकाले एन्फाले १० हजार अमेरिकी डलर तिर्नुपरेको थियो । साथसाथै त्यसपछि २ वर्षमा उक्त गल्ति दोहोरिए एन्फाले थप २५ हजार डलर तिर्नुपर्ने त्यसबेला नै उल्लेख थियो ।
एन्फाले यस वर्ष केहि क्लबहरु लाइसेन्स प्राप्त गर्न योग्य देखिएपनि सबै प्रक्रिया समयमै पूरा नहुँदा एएफसीलाई सिफारिस गर्न सकेन । अघिल्लो वर्ष कारवाही भोगेको एन्फाले यसपटक भने निकै कडाइका साथ लाइसेन्सिङको मापदण्डमा जाँच गरेको थियो ।
एन्फाका क्लब लाइसेन्सिङका संयोजक युजल श्रेष्ठका अनुसार नेपालका क्लबहरुलाई लाइसेन्स प्राप्त गर्नका लागि तोकिएको समय रेखा अनुसार अघि बढ्न कठिनाइ हुने गरेको छ । ‘ वर्षभर नै क्लब लाइसेन्स प्राप्त गर्नका लागि समयरेखा हुन्छ । विभिन्न समयमा आवश्यक कागजपत्र बुझाउनुपर्छ । अहिलेको अवस्थामा हाम्रो अधिकांश क्लबहरुले अडिट रिपोर्ट दिन सकिरहेका छैनन् । साधारण सभा नै गर्न नसकेको अवस्था पनि छ,’ उनले भने ।
‘सबै क्लबले एएफसी लाइसेन्स प्राप्त गर्नुपर्छ भन्ने होइन । तर ठूला क्लबले एएफसी प्रतियोगिता खेल्न योग्य हुनका लागि यो अत्यावश्यक छ । ठूला देशमा २-३ क्लबले मात्र पाएको अवस्था छ । क्लबको फुटबल विकासका लागि लाग्ने हो भने लाइसेन्स प्राप्त गर्नु उत्तम हो । हामीले केहि मापदण्ड परिमार्जन गरेर राष्ट्रिय लाइसेन्स दिने तयारी गरिरहेका छौं ।’

यस वर्ष नेपालबाट कुनै क्लबले पनि लाइसेन्स प्राप्त गर्न सकेनन् । तर एन्फाले त्रिभुवन आर्मी क्लबलाई पूर्ण व्यावसायिक फुटबल क्लब बनाउन गरेको प्रयासको प्रशंसा गर्दै आउने दिनमा उक्त प्रयास सफल हुनेमा आशावादी रहेको जनाएको छ । आर्मीले क्लबको विधान र आवश्यक कागजी प्रक्रिया परिवर्तन गरे फुटबल क्लबलाई बेग्लै बनाएको थियो । यद्यपि एन्फाले आर्मीको कानुनी प्रक्रिया पूरा भएपछि २ वर्षे कारवाहीलाई ध्यानमा राख्दै एएफसीसामु लाइसेन्सका लागि प्रस्ताव गर्ने जनाएको छ ।
आर्मीले लाइसेन्स प्राप्त गर्नका लागि अन्य मापदण्ड भने पूरा गर्ने देखिन्छ । प्रशासनिक र कानुनि रुपमा तयार भएपछि आर्मीलाई खेल र पूर्वाधारको हकमा कुनै समस्या देखिन्न । लिग च्याम्पियन मछिन्द्र अयोग्य हुँदा आर्मीले नेपालको प्रतिनिधित्व गर्दै अर्को वर्ष एएफसी कप खेल्ने सम्भावना रहन्छ । सन् २०२० को प्रतियोगिता रद्द भएपछि सन् २०२१ मा नेपाली टोली खेल्ने सम्भावना अब आर्मीको प्रक्रियामा अडिएको छ ।
नेपालमा क्लबहरूले क्लब संचालनका लागि आवश्यक निम्न मापदण्ड पनि पूरा गर्न सकिरहेका छैनन् । विगतमा खेलाडी सम्झौता, स्वास्थ्य, पूर्वाधार लगायत विभिन्न मापदण्डमा क्लब चुक्दै आएका थिए । आर्मीको तदारुकताले भने अन्य विभागीय टोलीले पनि अब केहि सिको गर्दै अघि बढ्ने बाटो खुलेको छ । अन्य क्लबहरु खेलाडी सम्झौता जस्तो सामान्य विषयमा पनि चुक्दै आएकोमा विभागीय टोलीलाई मापदण्ड पूरा गर्न कानुनी प्रक्रिया पूरा गर्न खासै कठिनाइ हुने देखिन्न ।
एएफसीका प्रतियोगिता खेल्न चाहिने क्लब लाइसेन्स प्राप्त गर्न एएफसीले तोकेका १८ मापदण्डबारे विस्तृत विवरण :
सिनियर टोलीको प्रमुख प्रशिक्षक : क्लबले सिनियर टोलीको लागि मुख्य प्रशिक्षक नियुक्त गर्नुपर्ने हुन्छ जसले सम्पूर्ण खेल सम्बन्धि जिम्मेवारी लिनुपर्छ । प्रशिक्षकले कम्तिमा ए लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । प्रशिक्षकलाई क्लबको कार्यसमिति वा सचिवालयले नियुक्ति गरेर क्लबसँग लिखत सम्झौता गरेको हुनुपर्छ ।
युवा टोलीको निर्माण र सहभागिता : क्लबले युवा टोलीको हरेक खेलाडीको नाम, ठेगाना र जन्ममिति सहित प्रतियोगितामा खेलेको प्रमाण प्रस्तुत गर्नुपर्छ । यससँगै युवा टोलीको प्रशिक्षकको योग्यता र लिखत सम्झौता पनि पेश गर्नुपर्नेछ ।
टिम डाक्टर : क्लबले टिम डाक्टर अथवा फिजियोथेरापिस्ट नियुक्त गरेर क्लबको खेल र प्रशिक्षणमा स्वास्थ्य जिम्मेवारीसहित डोपिङ नियन्त्रणमा समेत जिम्मेवार हुनुपर्नेछ । टिम डाक्टर र फिजियोथेरापिस्टको हकमा योग्यता स्थानीय स्वास्थ्य निकायबाट स्वीकृति प्राप्त भएको हुनुपर्नेछ । साथसाथै लिग वा फुटबल संघमा पनि दर्ता भएको हुनुपर्छ ।
खेलाडीसँग लिखत सम्झौता : हरेक क्लबले खेलाडीसँग लिखत सम्झौता गरेर फिफाको खेलाडी दर्ता तथा ट्रान्सफरको नियम अनुसार संघमा दर्ता गर्नुपर्नेछ । यसका लागि राष्ट्रिय कानुन, फुटबल संघ, फिफा र एएफसीको नियम पालना गर्नुपर्नेछ ।
स्वास्थ्य सहयोग : क्लबले सबै खेलाडीलाई आवश्यक स्वास्थ्य सुविधा उप्पलाब्ध गराउनुपर्नेछ । खेलाडीले वार्षिक रुपमा स्वास्थ्य परिक्षण गराउनुपर्नेछ र कुनै समस्या आएमा क्लबले नै सम्पूर्ण उपचार खर्च बेहोर्नुपर्नेछ । क्लबले स्वास्थ्य परिक्षणपछि हरेक खेलाडी खेल्नका लागि स्वस्थ रहेको प्रमाण पेश गर्नुपर्नेछ ।
स्वीकृति प्राप्त युवा विकास कार्यक्रम : क्लबले स्वीकृत प्राप्त युवा विकास कार्यक्रम पेश गर्नुपर्नेछ जसमा क्लबको संस्था संरचना, वार्षिक प्रशिक्षण योजना र आबद्ध व्यक्तिबारे विस्तृत जानकारी हुनुपर्छ ।
खेल मैदान : क्लबले आफ्नो घरेलु मैदानको नाम र ठेगाना उपलब्ध गराउनुपर्नेछ । साथै उक्त मैदान क्लबको स्वामित्वमा रहेको प्रमाण अथवा उक्त मैदानको मालिकसँग गरिएको सम्झौताको प्रमाण पेश गर्नुपर्नेछ । उक्त मैदानमा लिगका खेलहरु हुने स्वीकृति समेत क्लबले दिनुपर्नेछ । उक्त मैदान एएफसीको मैदान नियमावलीका अनुसार खेल योजना गर्नलायक हुनुपर्छ ।
प्रशिक्षण सुविधा : क्लबले वर्षभर प्रशिक्षण सुविधाका लागि आफ्नै मैदान अथवा अन्य कुनै मैदान उपलब्ध हुने प्रमाण पेश गर्नुपर्छ ।
क्लब सचिवालय : क्लबले सचिवालयको नाम र ठेगाना पेश गर्नुपर्छ । यसका लागि क्लबको कार्यालय रहेको प्रमाण र उक्त स्थानमा क्लबले आफ्नो कार्य नियमित गर्न पाउने प्रमाण दिनुपर्नेछ । क्लबको सचिवालयबारे सम्पूर्ण जानकारी प्रस्तुत गर्नुपर्छ ।
प्रबन्ध निर्देशक : क्लबले फुल टाइम सीइओ अथवा महासचिव नियुक्त गरेर क्लबको प्रशासनिक कामको मुख्य जिम्मेवारी दिनुपर्छ । उनले नै क्लबको प्रशासनिक कामहरुको व्यवस्थापन र पर्यवेक्षण गर्नेछन् । यसका लागि उनले शैक्षिक योग्यताका साथै फुटबल प्रशासनमा काम गरेको अनुभव रहेको हुनुपर्छ । क्लबको व्यवस्थापन सम्हाल्न योग्य पनि हुनुपर्छ ।
फाइनान्स अफिसर : क्लबले फुल टाइम अथवा पार्ट टाइम फाइनान्स अफिसर नियुक्त गरेर सम्पूर्ण आर्थिक र लेखासम्बन्धि जिम्मेवारी दिनुपर्नेछ । उनले आवश्यक शैक्षिक योग्यतासँगै फुटबलमा अनुभव बोकेको हुनुपर्छ ।
सुरक्षा अधिकारी : क्लबले फुल टाइम अथवा पार्ट टाइम सुरक्षा अधिकारी नियुक्त गरेर सुरक्षा समबन्धि जिम्मेवारी दिनुपर्नेछ ।
मिडिया अफिसर : क्लबले पार्ट टाइम वा फुल टाइम मिडिया अफिसर नियुअक्त गरेर मिडियासम्बन्धि जिम्मेवारी दिनुपर्नेछ । उनको आवश्यक शैक्षिक योग्यतासँगै फुटबल र मिडियाबारे ज्ञान हुनुपर्छ ।
कानुनी इकाइ : क्लब देशको प्रचलित कानून बमोजिम एक कानुनी संस्थाको रूपमा अधिकारसहित दर्ता हुनुपर्छ ।
क्लबको स्वामित्व र नियन्त्रण : क्लबले कानुनी रूपमा स्वामित्व, संरचना तथा क्लबको नियन्त्रण संयन्त्रको विस्तृत रूपरेखा प्रस्तुत गर्नुपर्छ ।
वार्षिक बजेट : क्लबले हरेक सिजनको सुरुवातमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्छ । बजेटमा वर्षको आम्दानी र खर्च प्रक्षेपणसँगै स्रोतबारे समेत रकम खुलाएर जानकारी दिनुपर्छ ।
अडिट गरिएको वार्षिक आर्थिक प्रतिवेदन : क्लबले अघिल्लो वर्षको अडिट गरिएको आर्थिक प्रतिवेदन पेश गर्नुपर्छ ।
कर चुक्ता तथा कर्मचारीहरुलाई पूर्ण तलब भुक्तानी : क्लबले वर्तमान र पुराना कर्मचारीको पूर्ण तलब भुक्तानीका साथै स्थानीय कर तथा अन्य सम्झौता अनुसार सम्पूर्ण हिसाब चुक्ता गरेको हुनुपर्छ । कर्मचारी भन्नाले खेलाडीसँगै प्रशासन, प्राविधिक, स्वास्थ्य, सुरक्षा लगायत संघमा कार्यरत व्यक्ति बुझ्नुपर्छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]