default_image

3 years ago

December 4, 2020

एन्फाले ‘सस्तो’ बनाएको राष्ट्रिय टोली

सुबास हुमागाईं, काठमाडौं हरेक खेलाडीले आफ्नो राष्ट्रको लागि खेल्ने सपना देखेको हुन्छ । कमै मात्र खेलाडीले त्यस सपनालाई पूरा गर्ने अवसर पाउँछन् । देशभरबाट उत्कृष्ट चुनिएर राष्ट्रका लागि खेल्न हरेक खेलाडीले निकै मिहिनेत गरेका हुन्छन् । राष्ट्रिय टोलीमा खेल्न आफ्नो मिहिनेत मात्र होइन, अन्य आकांक्षी खेलाडीभन्दा आफू माथि रहे मात्र अवसर पाइन्छ । कतिपय अवस्थामा प्रशिक्षकको […]

113 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

हरेक खेलाडीले आफ्नो राष्ट्रको लागि खेल्ने सपना देखेको हुन्छ । कमै मात्र खेलाडीले त्यस सपनालाई पूरा गर्ने अवसर पाउँछन् । देशभरबाट उत्कृष्ट चुनिएर राष्ट्रका लागि खेल्न हरेक खेलाडीले निकै मिहिनेत गरेका हुन्छन् । राष्ट्रिय टोलीमा खेल्न आफ्नो मिहिनेत मात्र होइन, अन्य आकांक्षी खेलाडीभन्दा आफू माथि रहे मात्र अवसर पाइन्छ ।

कतिपय अवस्थामा प्रशिक्षकको रोजाइमा केहि नयाँ अनुहार टोलीमा पर्छन् । सरप्राइज प्याकेजका रुपमा उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई सिधै सिनियर टोलीमा अवसर दिएको पनि देखिएको छ । अझ कम उमेरमा नै प्रभाव जमाएका खेलाडीलाई प्रशिक्षणमा बोलाएर मनोबल बढाउने कार्य विश्व फुटबलसँगै नेपाली फुटबलमै पनि भएका छन् । तर त्यसबेला खेलाडीको स्तरबारे कमै मात्र प्रश्न उठ्थे ।

अखिल नेपाल फुटबल संघले बुधबार विश्वकप छनोटका लागि लक्षित गर्दै राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा ५८ खेलाडीलाई डाक्यो । सिधै बन्द प्रशिक्षणमा बोलाइएका ५८ खेलाडीमध्य केहि नामले धेरैलाई आश्चर्यचकित पारेको छ । त्यसो त कोरोना भाइरसका कारण सिधै बन्द प्रशिक्षणमा टोली बोलाउनुलाई अहिलेको अवस्थामा सामान्य नै मान्नुपर्छ, तर ५८ खेलाडी कुनै छनोटको आधार र प्रक्रियाबिना एकैपटक राष्ट्रिय टोलीमा नै रहनुले आश्चर्य भन्ने पारेको छ ।

एन्फाले यसपटक टोलीको छनोट जिम्मेवारी कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनलाई सुम्पिएको थियो । एन्फाले महर्जनलाई दिर्घकालिन तयारीका लागि ५० को हाराहरीमा खेलाडीलाई बोलाउन निर्देशन दिएको थियो । तर महर्जनले ५८ खेलाडी टोलीमा बोलाउँदा खेलाडी छनोटमा भने केहि गम्भीर त्रुटी भएको देख्न सकिन्छ ।

खेलाडी छनोटको नामावली सार्वजनिक भएपछि सामाजिक संजाल तरंगित बन्यो । एन्फाले सिधै ५८ जना बन्द प्रशिक्षणमा सहभागी गराएको भनेर प्रष्ट लेखेसँगै कुनै किसिमको छनोट नहुने प्रष्ट छ । यसले राष्ट्रिय टोलीमा सिधै ५८ खेलाडी समावेश गर्नु र त्यसमा पनि केहि नामलाई लिएर सामाजिक संजालमा खेलाडीहरुले नै एन्फाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रिय टोलीका नियमित खेलाडीले नै टोलीमा परेका खेलाडीको नाम नसुनेको हुनुले छनोटको प्रक्रियालाई प्रष्ट्याएको छ ।

उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै ए डिभिजन लिगमा लगातार राम्रो प्रदर्शन गर्दै आएका केहि खेलाडी सुचिमा नपर्दा लिगमा खेल्दै नखेलेका देखि जेनतेन टोलीमा परेका खेलाडी समेटिनुले नियतमा प्रश्न उठेको छ । राष्ट्रिय टोलीको छनोट गर्न हालसम्म एन्फाले कुनै समिति बनाएको छैन । विगतमा मुख्य प्रशिक्षकले सहायक प्रशिक्षकसँग मिलेर छनोट गर्दै आएकोमा यसपटक कार्यवाहक प्रशिक्षकलाई सम्पूर्ण जिम्मेवारी दिइयो ।

एन्फा स्रोतका अनुसार स्विडिस प्रशिक्षक योहान कालिन अब नेपाल फर्कने सम्भावना छैन । यस्तोमा एन्फाले कार्यवाहक जिम्मेवारी सुम्पिएका बालगोपालले नै सम्पूर्ण जिम्मेवारी सम्हालेका छन् । तर, राष्ट्रिय टोलीको प्रशिक्षक बन्न उनको योग्यता भने पुग्दैन । राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्न आवश्यक पर्ने प्रो लाइसेन्स नेपालमा रहेका कुनै प्रशिक्षकसँग छैन । महर्जन लगायत नेपालमा झन्डै ३ दर्जन प्रशिक्षकले ए लाइसेन्स मात्र गरेका छन् ।

हाललाई महर्जनलाई नै सम्पूर्ण जिम्मेवारी दिएको एन्फाले पछिल्लो केहि वर्षयता विदेशी प्रशिक्षक नहुँदा उनलाई नै टोलीको जिम्मेवारी दिंदै आएको छ । उनकै नेतृत्वमा नेपालले सन् २०१८ को साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ३-० को लज्जास्पद हार बेहोर्दै बाहिरिनुपरेको थियो ।

पछिल्लो समय लगातार लिग नहुँदा एन्फा एकेडेमीका खेलाडीले उमेर समूहको प्रदर्शनका आधारमा नै टोलीमा पर्न सफल रहेका थिए । पछिल्लो तीन वर्षमा दुई पटक लिग भएपछि त्यसकै आधारमा खेलाडी छनोट भएको थियो । प्रशिक्षक कालिनले लिगकै प्रदर्शन हेरेर ३५ खेलाडीको टोली छानेका थिए । तर त्यसै टोलीमा २४ खेलाडी थप्दा भने लिगको प्रदर्शन उपेक्षा गरिएको छ ।

लामो समयदेखि राष्ट्रिय टोलीको छनोट विवादरहित रहेको थियो । तर यसपटक ५८ खेलाडीको नाम सर्वाजनिक गर्दा एन्फाले चौतर्फी आलोचना खेपेको छ । एक त राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा अत्यधिक खेलाडी बोलाउनु र त्यसमाथि खेलाडीको छनोट नै अपारदर्शी हुनुले एन्फामाथि प्रश्न उठेको हो ।

राष्ट्रिय टोलीको स्तर उन्नति गर्ने कदम एन्फाले चालेपनि हाल बोलाइएको टोलीलाई दुई खेमामा विभाजित गर्न सकिन्थ्यो । विगतमा पनि एन्फाले नेपाल रातो र नेपाल निलोको अवधारणामा दुई टोली निर्माण गरेको उदाहरण छन् । त्यसो मात्र नभएर अहिलेको अवस्थामा नेपाल सिनियर र नेपाल बी दुई टोली निर्माण गर्नु उचित हुन्थ्यो । तर सबै खेलाडीलाई एकै खेमामा हालेर राष्ट्रिय टोलीको स्तरमा नै प्रश्न उठेको छ ।

हालसम्म नेपालको घरेलु फुटबलमा एक दर्जन खेल पनि नखेलेका खेलाडी सिधै राष्ट्रिय टोलीमा पर्नुमा प्रशिक्षण टोली र एन्फाको बदनियत देखिन्छ । सिनियर फुटबलमा अनुभव नै नभएका र विगत दुई वर्षयता मैदान नछिरेका खेलाडी सिधै सिनियर टोलीमा समेट्नुको कारण एन्फाले पक्कै दिनुपर्छ ।

खेलाडी छनोटमा प्रशिक्षकको रोजाइ हुनु स्वभाविक हो । आफ्नो रणनीतिमा भिज्ने खेलाडी हरेक प्रशिक्षकले टोलीमा राख्न चाहन्छ । तर यसका लागि कुन स्तरसम्म पुग्ने भन्नेपनि मापदण्ड हुन्छ । एन्फाले कार्यवाहक रहेका प्रशिक्षकलाई नै सम्पूर्ण जिम्मेवारी दिएर त्यसलाई राम्रोसँग नियमन गर्न नसक्दा यो अवस्था आइपुगेको हो । प्रदर्शन नै नगरेका खेलाडी सिधै टोलीमा पर्दा फुटबलमा आबद्ध रहेका अन्य आकांक्षी खेलाडीको मनोबलमा समेत असर पर्छ ।

प्रशिक्षक महर्जनले एन्फा अन्तर्गतकै अन्य प्रशिक्षकको सिफारिसमा टोलीमा पारिएको बताए । उनले आवश्यक परेमा अन्य खेलाडीलाई पनि बोलाउन सकिने बताए । ‘ हामीले अहिले लामो समयपछि टोली छनोट गर्न लागेका हौं । अन्य प्रशिक्षकसँग पनि सिफारिस लिएर टोली छनोट गरेका हौं । केहि सम्भावना देखिएका खेलाडीलाई पनि टोलीमा छनोट गर्यौं । प्रशिक्षकहरुको सिफारिसबाट कोहि राम्रा खेलाडी नछुटुन् भन्ने हाम्रो प्रयास हो,’ उनले भने ।

महर्जनले कोरोना संक्रमणका कारण केहि बढी संख्यामा खेलाडी थपिएको बताए । ‘ कोरोनाका कारण हामीले ठूलो संख्यामा खेलाडी बोलाएका छौं । लामो तयारी र कोरोना संक्रमणका डरले पनि संख्या बढेको हो । सकेसम्म धेरै खेलाडी राख्दा प्रतिस्पर्धा पनि बढ्छ, टोलीको फाइदाका लागि नै यो कदम चालिएको हो,’ उनले भने ।

प्रशिक्षक महर्जनले केहि नाम नयाँ भएपनि कुनैपनि समय परिवर्तन गर्न सकिने बताए । ‘केहि नाम मेरो लागि पनि नयाँ छन् । प्रशिक्षकहरुले भनेपछि समावेश गरिएको हो । केहि समय प्रशिक्षण हेरेपछि परिवर्तन गर्न पनि सकिन्छ । आवश्यक परेको अवस्थामा अन्य खेलाडी थप्ने विकल्प पनि खुला छ,’ उनले थपे ।

घोषणा गरिएको ५८ सदस्यीय टोली :

गोलरक्षक : किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की, देव लिम्बु – ७ जना

डिफेन्डर : देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान – १८ जना

मिडफिल्डर : रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, मिक्छेन तामाङ, सन्तोष तामाङ, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुभाष गुरुङ, दिपेश आलेमगर, तेज तामाङ, रवी पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा, सुनिल बल – २० जना

फरवार्ड : विमल घर्ति मगर, अभिषेक रिजाल, रेजिन सुब्बा, जर्जप्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विश्व, राजीव लोप्चन, आशिष लामा, प्रिजेन तामाङ – १३ जना

बंगलादेश भ्रमणपछि टोलीमा थप गरिएका २४ खेलाडी :

विशाल सुनार, अर्पण कार्की, देव लिम्बु, विराज महर्जन, विकास तामाङ, निशान खड्का, दिनेश राजवंशी, रन्दिप पौडेल, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, सन्तोष तामाङ, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, अशोक थापा, दिपेश आलेमगर, त्रिदेव गुरुङ, संजोक राई, विमल घर्ति मगर, रेजिन सुब्बा, राजेश परियार, राजीव लोप्चन, प्रिजेन तामाङ

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.