default_image

3 years ago

December 19, 2020

मौकोकोको ‘डेब्यु’ गोल तर डर्टमुन्डको हार

एजेन्सी – यौस्सोफा मौकोको बोरुसिया डर्टमुन्डको सिनियर टोलीबाट ‘डेब्यु’ गोल गरेका छन् । मौकोको जर्मन बुन्डेसलिगामा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बन्दा बोरुसिया डर्टमुन्डले युनियन बर्लिनसँग २–१ को हार बेहोरेको छ । मौकोकोले डर्टमुन्डको सिनियर टोलीबाट पहिलो गोल गरेका हुन् । यससँगै उनी बुन्डेसलिगामा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । उनले १६ वर्ष […]

39 views

0 Bookmark

एजेन्सी – यौस्सोफा मौकोको बोरुसिया डर्टमुन्डको सिनियर टोलीबाट ‘डेब्यु’ गोल गरेका छन् । मौकोको जर्मन बुन्डेसलिगामा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बन्दा बोरुसिया डर्टमुन्डले युनियन बर्लिनसँग २–१ को हार बेहोरेको छ ।

मौकोकोले डर्टमुन्डको सिनियर टोलीबाट पहिलो गोल गरेका हुन् । यससँगै उनी बुन्डेसलिगामा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । उनले १६ वर्ष २८ दिनको उमेरमा बुन्डेसलिगामा गोल गरेका हुन् ।

१६ वर्षको उमेरमा २२ नोभेम्वर २०२० उनले हर्था बर्लिनमाथि ५–२ को जित निकालेको खेलमा डेब्यु गर्दै बुन्डेस लिगाकै कान्छा खेलाडी बनेका थिए । उनले बुन्डेसलिगामा ६ खेल र च्याम्पियन्स लिगमा एक खेल खेलेका छन् । उनी च्याम्पियन्स लिग खेल्ने कान्छा खेलाडी समेत हुन् ।

बर्लिनमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले खेलको ५७औं मिनेटमा ताइओ एओनीयीको गोलबाट अग्रता लिएको थियो । पहिलोपटक पहिलो रोजाईमा मौका पाएका मौकोकोले ६०औं मिनेटमा राफायल गुरेइरोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

७८औं मिनेटमा मार्भिन फ्रेडरिचले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । खेलमा पछि परेपछि डर्टमुन्डले बल पोसेसनमा पकड बनाउदै घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा डर्टमुन्डले हार बेहोर्न बाध्य बन्यो ।

यो हारसँगै डर्टमुन्डले शीर्ष टोलीसँगको अंक दुरी छोट्याउने अवसर गुमाउँदा २२ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको बायर लिभरकुसनको २८ तथा दोस्रो र तेस्रो स्थानको बायर्न म्युनिख र आरबी लाइप्जिगको समान २७ अंक छ ।

यद्दपि यि शीर्ष टोलीले एक खेल कम खेलेका छन् । डर्टमुन्डलाई हराएको युनियन बर्लिन २१ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.