5 years ago
December 20, 2020
नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले राष्ट्रिय टोलीको प्रशिक्षणका दौरान ठूलो चोट बोकेका छन् । गत साता सुरु भएको प्रशिक्षणबाट झन्डै १ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका विमलको घुँडामा चोट लागेको हो ।

फाइल तस्बिर
शुक्रबार विहान प्रशिक्षणमा अभ्यास म्याचका दौरान ल्यान्डिङ नमिल्दा उनको घुँडामा चोट लागेको थियो । शुक्रबार दिउँसो नै मेडिकल टोलीले उनको चोटको एमआरआई गरेपछि तीन गम्भीर चोट देखा परेको हो । उनको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको छ भने मेडीएल कोल्याटरल लिगामेन्ट (एमसीएल) मा पनि हल्का चोट देखिएको छ । यस्तै ल्याटरल मेनिस्कसमा पनि केहि चोट रहेको प्रारम्भिक रिपोर्टले देखाएको छ ।
झन्डै १ वर्षपछि राष्ट्रिय टोलीमा समावेश विमल क्याम्पमा सिनियर खेलाडीसँग नै प्रशिक्षण गर्दै आएका थिए । गत महिना बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्नुअघि टोलीले खेलसहित झन्डै एक महिना तयारी गरेको थियो । लामो समयपछि मैदान फर्किएका विमल लगायत कप्तान विराज महर्जन, आदित्य चौधरी, लगायत खेलाडीले सिनियर खेलाडीसँग नै प्रशिक्षण गर्दै आएका छन् ।
प्रशिक्षक महर्जनले विमलको चोट दुर्भाग्यपूर्ण रहेको बताए । ‘विमलले शुक्रबार खेलका दौरान चोट बोके । स्वास्थ्य टोलीबाट खबर पाएअनुसार उनको चोट गम्भीर छ र शल्यक्रिया नै गर्नुपर्छ । लामो समयपछि टोलीमा फर्केका उनी अब टोलीबाट बाहिर रहनेछन्,’ उनले भने ।

प्रशिक्षक बालगोपाल महर्जनले ५८ खेलाडीलाई दुई समूह विभाजन गरेर विहान र दिउँसो प्रशिक्षण दिँदै आएका छन् । लामो समयपछि मैदान फर्केपनि सिधै म्याच फिटनेस रहेका खेलाडीसँग खेलाउँदा नयाँ खेलाडीमा धपेडी बढेको अनुमान गरिएको छ । त्यसो त विमलले ए डिभिजन लिगको अन्तिम खेलमा मछिन्द्रको लागि खेलेपछि दुई मोफसल प्रतियोगिता खेलेका थिए । त्यसपछि उनी मैदानमा देखिएका छैनन् ।
विमलले राष्ट्रिय टोलीको प्रशिक्षणकै दौरान चोट बोकेका कारण उनको सम्पूर्ण उपचार खर्च एन्फाले बेहोर्ने बुझिएको छ । शनिबार चोटको रिपोर्ट आएपछि राष्ट्रिय टोलीको व्यवस्थापनले एन्फा नेतृत्वलाई यसबारे जानकारी दिइसकेको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा हाल कतार भ्रमणमा छन् । एन्फाले अब कतारस्थित विश्व प्रसिद्ध अस्पेटारमा उनको उपचारका लागि पहल गर्ने सम्भावना रहेको छ ।
यसअघि एन्फाकै पहलमा राष्ट्रिय खेलाडी रविन श्रेष्ठ र तत्कालिन गोलरक्षक प्रशिक्षक नविन महर्जनले उपचार गराएका थिए । रविनले त्यसपछि पुनरागमन गरेपनि फेरी चोट बोक्न पुगेका थिए । अहिले उनी फिजियोथेरापीमै व्यस्त छन् । प्रशिक्षक नविन भने अहिले एन्फाको युथ फुटबल विभागको प्रमुख हुन् ।
विमलको चोटमा राम्रो शल्यक्रिया र फिजियोथेरापी भएको खण्डमा उनी पूर्ण रुपमा ठिक भएर मैदान फर्कन झन्डै १ वर्ष लाग्नेछ । यसअघि मिडफिल्डर रोहित चन्दले सन् २०१६ मा एसीएल इन्ज्युरी भएपनि कडा मिहिनेतपछि झन्डै १ वर्षमा कमब्याक गरेका थिए । यस्तै चोट लागेका अन्य खेलाडीमा भने नेपालमा पुनरागमन गरेको उदाहरण निकै कम छ । भलिबल खेलाडी प्रतिभा मालीको पनि गत वर्ष यस्तै किसिमको चोट लागेको थियो । उनी अहिले फिजियोथेरापीको अन्तिम चरणमा रहेर कोर्टमा हल्का प्रशिक्षणमा फर्किसकेकी छिन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]