default_image

3 years ago

December 21, 2020

डेम्बेले प्रशिक्षणमा फर्किए

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानका लागि केहि सकारात्मक दृश्य देखिएको छ । ओसमाने डेम्बेले चोटमुक्त भएर आइतबार टोलीको अभ्यासमा फर्केका छन् । उनको चोटको अवस्था हरेक दिन परिक्षण गरिएको छ । चोटमुक्त हुने क्रममा रहेका उनले साताको सुरुवातमा अभ्यास गरेका हुन् । तर, के उनी अब नियमित रुपमा टोलीको पहिलो रोजाईमा खेल्ने छन् भन्ने […]

30 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानका लागि केहि सकारात्मक दृश्य देखिएको छ । ओसमाने डेम्बेले चोटमुक्त भएर आइतबार टोलीको अभ्यासमा फर्केका छन् । उनको चोटको अवस्था हरेक दिन परिक्षण गरिएको छ ।

चोटमुक्त हुने क्रममा रहेका उनले साताको सुरुवातमा अभ्यास गरेका हुन् । तर, के उनी अब नियमित रुपमा टोलीको पहिलो रोजाईमा खेल्ने छन् भन्ने प्रश्न यथावत छ । लगातार चोटका कारण मैदान बाहिर रहेकाले उनलाई लिएर प्रशिक्षक कोम्यान सचेत रहनेछन् ।

च्याम्पियन्स लिगका दौरान चोट लागेपछि उनी मैदान बाहिर रहँदै आएका छन् । त्यसैले मंगलबार रियल भालाडोलिडविरुद्धको खेलमा उनलाई खेलाउने सम्भावना कम छ ।

डिसेम्बर २९ मा इल्बारविरुद्धको खेलमा भने उनी खेल्ने सम्भावना रहेको बताइएको छ । त्यसका लागि अझै झन्डै १० दिन बाँकी रहेको छ । त्यति बेला सम्म उनी पूर्ण रुपमा फिट हुने अपेक्षा गरिएको छ ।

कोम्यानलाई जति सक्दो छिट्टो आफ्ना खेलाडीलाई पुनरागमन गराउन चाहन्छन् । फ्रान्सिस्को ट्रिनकाअोले अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेका कारण पनि डेम्बेलेको आवश्यकता बढी महसुस गरिएको छ ।

चोट कारण अन्सु फाती लामो समय मैदान बाहिर रहने भएकाले पनि फ्रान्सेली डेम्बेले टोलीको आवश्यकता बनेका छन् । त्यस्तै टोलीका दुई अन्य महत्वपूर्ण खेलाडी सर्जी रोबेर्टो र जेरार्ड पिके चोटग्रस्त छन् ।

रोबेर्टो अझै महिना दिन मैदान बाहिर रहने अनुमान गरिएको छ । पिके भने अहिले नै फर्कने सम्भावना छैन । चोटग्रस्त भएपछि उनी कम्तीमा ५ महिना मैदान बाहिर रहने अनुमान गरिएको थियो ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.