default_image

3 years ago

December 30, 2020

एन्फा रेफ्री कमिटीबाट सिख्राकारको राजीनामा

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको रेफ्री कमिटिका सदस्य सुरेन्द्र शिख्राकारले पदबाट राजीनामा दिएका छन् ।

Surendra

सिख्राकारले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई सम्बोधन गर्दै मंगलबार राजीनामा पत्र बुझाएको जानकारी गराए । ५ सदस्यीय रेफ्री कमिटिको संयोजकमा रबिन्द्रनाथ श्रेष्ठ संयोजक छन् । सिख्राकारसहित सदस्यमा बुद्धि बहादुर गुरुङ, बलराम थापा, गजेन्द्रमान सिंह छन् ।

रेफ्रीको हकहितका लागि हुनुपर्ने तर, रेफ्री कमिटी त्यसको विपरित भएकाले त्यो ठाउँमा बस्नु उपयुक्त नहुने ठानेर राजीनामा दिएको सिख्रकारले बताए । ‘मुख्य कुरा फिफा रेफ्री नियुक्ति, रेफ्री डिपार्टमेन्टमा रेफ्री पृष्ठभुमि बाहिरको मान्छे राख्नुमा मेरो आपत्ति हो । विधानमा रेफ्री पृष्ठभुमिको व्यक्ति नै राख्नुपर्ने प्रावधान छ । तर, त्यहाँ एन्फाकै कर्मचारीलाई नियुक्ति दिइएको छ ,’ सिख्राकारले भने ।

सिख्राकारको गुनासो छ ‘कोभिडका कारण खेलहरु पनि नभएको अवस्थामा बेलामा फिटनेस टेस्ट लिनु हुदैन भनेका थियौं । उहाँहरुले लिनुभयो । त्यो ठिकै छ । तर त्यसपछि महिलाको मात्रै पुनः रिटेस्ट लिइदा पुरुषको पनि लिन आग्रह गर्दा मान्नुभएन । यसमा पनि मेरो विमति हो ।’

यस्तै सिख्राकारका अनुसार फिफा रेफ्री रहेका सुदिश पाण्डे र श्रवण लामालाई उहाँहरुलाई फिफा रेफ्रीमा निरन्तरता दिनुपर्छ भन्ने माग राखिएको थियो । त्यो पनि स्वीकार नगरिसकेपछि त्यहाँ बस्नुको अर्थ नदेखेर राजीनामा दिएको उनले बताए । फिफा रेफ्री पाण्डे विदेशमा तथा अर्को फिफा रेफ्री लामा खुट्टाको शल्यक्रियाका कारण बेड रेस्टमा रहेको समयमा एन्फाले फिटनेस परिक्षण गरेको थियो ।

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

Success

Thank you for your time.