default_image

3 years ago

January 7, 2021

सताक्षीधाम संजोग स्मृति फुटबलको उपाधि नजिक

32 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सताक्षीधाम स्पोर्टिङ क्लब झिलझिले झापा मोरङको बलबारीमा जारी टुबोर्ग संजोग स्मृति नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

१० खेलाडीमा सिमित धरान सिटी एकेडेमी सुनसरीलाई बिहीबार १–० ले हराउँदै सताक्षीधाम उपाधि नजिक पुगेको हो । सताक्षीधामले शनिबार हुने फाइनलमा रारा फुटबल क्लब राजारानी धनकुटासँग प्रतिस्पर्धा गर्नेछ ।

शिशिर लेखीले गरेको गोल नै खेलको निर्णय बनेको थियो । शिशिरले ६४ औं मिनेटमा गोल गरेका थिए । त्यसअघि नगेन राईले दोहोरो पहेलो कार्डको सामना गर्दै मैदान छाडेपछि धरान १० खेलाडीमा सिमित भएको थियो । सातौं मिनेटमा पहिलो र ५० औं मिनेटमा नगेनले पहेलो कार्डको सामना गरेका थिए ।

सताक्षीधामका विशाल खेलको म्यान अफ दी म्याच घोषित भए । लिग च्याम्पियन मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कुटुवालले विशाललाई मेडलसहित २ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरे । बेलबारी फुटबल क्लबले आयोजना गरेको प्रतियोगितालाई बेलबारी नगरापालिकाले संयोजन गरेको छ ।

टुबोर्ग मुख्य प्रायोजन रहेको प्रतियोगितामा सन्ध्या सारा युपिभिसी प्रोफाइल प्रालि प्रायोजक तथा मोरङ कन्ट्रसन प्रालि, सयपत्री मल्टी पर्पोज प्रालि र आदर्श बहुउद्देश्य कृषि फर्म सह प्रयोजक रहेका छन् । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.