काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला लिगमा रौतहटको चन्द्रपुर नगरपालिकाले जित हासिल गरेको छ । चौदण्डीगढी नगरपालिकालाई ७–१ ले हराउँदै चन्द्रपुरले लिगमा पहिलो जित दर्ता गराएको हो ।

चन्द्रपुरको जितमा सविता रानामगरले ह्याट्रिक गरिन् भने दिलकुमारी रानामगरले २, रजनी थोकर र सुनिता भोलानले समान १ गोल गरे । चौदण्डीगढीकी अन्जना थुलुङको गोल सान्त्वना बन्यो ।
१–० ले पछि परेको चन्द्रपुरले अन्ततः फराकिलो जित निकालेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको २२ औं मिनेटमा अन्जनाले गोल गर्दै चौदण्डीगढीलाई अघि बढाएकी थिइन् ।
४०औं सविताले चेष्टले नियन्त्रणमा लिदै पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहारलाई चौदण्डीगढीकी गोलरक्षक देविका श्रेष्ठले दोस्रो प्रयासमा नियन्त्रणमा लिदा चन्द्रपुर बराबरीबाट चुक्यो । पहिलो हाफ इन्ज्युरी समयको दोस्रो मिनेटमा सविता रानामगरको कर्नरमा दिल कुमारी रानामगरले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याइन् ।
४७औं रजनीले गोल गर्दै चन्द्रपुरलाई २–१ को अग्रता दिलान् । ५१औं मिनेटमा सविताले गोल गर्दै चन्द्रपुरलाई ३–१ ले अघि बढाईन् । रजनीको प्रहारलाई गोलरक्षक देविका ले बचाएपनि राम्ररी नियन्त्रणमा लिन नसकेको बललाई डिफेन्सबीच तालमेल नमिल्दा सविताले सहजै गोल गरिन् ।
६९औं मिनेटमा सविताले चन्द्रपुरलाई ४–१ को अग्रता दिलाइन् । उनले एकल प्रयासमा गोलरक्षकलाई बिट गर्दै सहजै गोल गरेकी हुन् । ७८औं मिनेटमा सविता गोल गर्दै ह्याट्रिक पूरा गरिन् । मैदानको मध्यभागबाट उनले बल अघि बढाउदै वान भर्सेस वानको अवस्थामा गोल गरिन् ।
८५औं मिनेटमा सविताको पासमा सब्सिच्युट सुनिताले गोल गर्दै चन्द्रपुरलाई ६–१ को अग्रता दिलाइन् । ईन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा दिलकुमारीले गोल गर्दै चन्द्रपुरलाई ७–१ को फराकिलो जित दिलाइन् ।