default_image

3 years ago

February 3, 2021

प्रशिक्षक हुमागाईंलाई एन्फाद्वारा स्पष्टीकरण माग

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल प्रशिक्षक प्रदीप हुमागाईंलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्पष्टीकरण माग गरेको छ । एन्फा पदाधिकारी र कर्मचारीमाथि दुर्व्यवहार र आक्रमणको प्रयास गरेको भन्दै उजुरी परेपछि एन्फाले स्पष्टीकरण माग गरेको हो । प्रशिक्षक हुमागाईंले मंगलबार साँझ एन्फाका तीन कर्मचारी र पदाधिकारी बसिरहेको स्थानमा पुगेर दुर्व्यवहार गरेका थिए । शंखमुलस्थित रेस्टुराँमा […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल प्रशिक्षक प्रदीप हुमागाईंलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्पष्टीकरण माग गरेको छ । एन्फा पदाधिकारी र कर्मचारीमाथि दुर्व्यवहार र आक्रमणको प्रयास गरेको भन्दै उजुरी परेपछि एन्फाले स्पष्टीकरण माग गरेको हो ।

प्रशिक्षक हुमागाईंले मंगलबार साँझ एन्फाका तीन कर्मचारी र पदाधिकारी बसिरहेको स्थानमा पुगेर दुर्व्यवहार गरेका थिए । शंखमुलस्थित रेस्टुराँमा मादक पदार्थ सेवन गरेका हुमागाईंले अपशब्द बोल्दै गाली गरेको र आक्रमणको समेत प्रयास गरेको उजुरीमा उल्लेख गरिएको छ ।

एन्फाले बुधबार नै हुमागाईंलाई स्पष्टीकरण माग गरेको एन्फा स्रोतले जनाएको छ । पछिल्लो समय अमेरिकामा रहँदै आएका हुमागाईं केहि साताअघि मात्र नेपाल आएका थिए । उनी एन्फाका ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।

दुई सातायता एन्फामा जारी महिला लिगमा उनी नियमित रुपमा एन्फा कम्प्लेक्समा उपस्थित रहँदै आएका छन् । हाल कुनै जिम्मेवारीमा नरहेका उनले झन्डै ७ वर्षअघि थ्री स्टार क्लबको प्रशिक्षण सम्हालेका थिए ।

हुमागाईंले यस विषयमा बोल्दै सामान्य विवाद भएको स्विकार गरे । उनले उजुरी परे अनुसार आक्रमणको प्रयास भने नगरेको प्रष्टाउन चाहे ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.