default_image

3 years ago

February 7, 2021

अग्रता जोगाउन नसक्दा म्यानचेस्टर रोकियो

35 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र एभर्टनले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।

ओल्डट्राफोर्डमा शनिबार राति भएको खेलमा घरेलु टोलीले २–० को अग्रता र त्यसपछि पनि लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो ।

युनाइटेडका इडिन्सन काभानी, ब्रुनो फर्नान्डेस र स्कट म्याकटोमिनेले गोल गर्दा एभर्टनका एब्डुलाए डोयकाउरे, हामेस रोड्रिग्वेज र डोमिनिक काल्भर्ट लेविनले गोल गरे ।

खेलको २४औं मिनेटमा काभानीको गोलबाट घरेलु टोली युनाइटेडले अग्रता लिएको थियो । उनले मार्कुस रासफोर्डको पासमा गोल गरेका थिए । ४५औं मिनेटमा ब्रुनो फर्नान्डेसले आरोन वान बिशाखाको पासमा गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

४९औं मिनेटमा एब्डुलाए डोउकाउरेले गोल गर्दै एभर्टनलाई खेलमा फर्कने संकेत दिए । ५२औं मिनेटमा एब्डुलाए डोउकाउरेकै पासमा हामेस रोड्रिग्जेवले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

७०औं मिनेटमा लुका साको पासमा स्कट म्याकटोमिनेले गोल गर्दै युनाइटेडलाई पुनः ३–२ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई हारबाट जोगाए । उनले माइकल किनको पासमा गोल गरेका थिए ।

यो बराबरीसँग युनाएटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी बराबरी गर्ने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको युनाइटेडको २३ खेलबाट ४५ अंक रहेको छ ।

दुई खेल कम खेलेको शीर्षस्थानको म्यानचेस्टर सिटीको ४७ अंक छ । एभर्टन २१ खेलबाट ३७ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.