default_image

3 years ago

February 11, 2021

फिफा क्लब विश्वकपको उपाधिका बायर्न र टिग्रेस भिड्दै

37 views

0 Bookmark

एजेन्सी – फिफा क्लब विश्वकपको उपाधिका लागि आज राति जर्मन क्लब बायर्न म्युनिख र मेक्सिकन क्लब टिग्रेसबीच प्रतिस्पर्धा हुँदैछ । खेल कतारस्थित एजुकेसन सिटी स्टेडियम अल रेयानमा नेपाली समयअनुसार राति ११ः४५ बजे हुनेछ ।

युरोपियन च्याम्पियन बायर्न टिग्रेसलाई हराउदै दोस्रो पटक क्लब विश्वकपको उपाधि जित्न चहान्छ । बायर्नले सन् २०१३ मा पहिलोपटक उपाधि जितेको थियो । टोलीसँग रोबर्ट लेवान्डोस्की, थोमस मुलर, सर्ज जिनाब्री, किङ्सले कोमान, यासुवा किम्मिख, अलफन्सो डाभिस, डेभिड अलवा, बेन्जामिन पाभर्ड, लिरोए साने, चुपो मोटिङ, टोलिसो, निकलस सुल, जमल मुसिएला र गोलरक्षक म्यानुयल नुएरको साथ रहेको छ । बायर्नले इजिप्टको अल एहेलीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

यता, मेक्सिकन क्लब टिग्रेस पनि बायर्नलाई स्तब्ध पार्दै क्लब विश्वकपको उपाधि जित्न चहान्छ । टिग्रेसले ब्राजिलियन क्लब पाल्मेइरसलाई १–० ले हराउदै फाइनल यात्रा तय गरेको थियो । टोलीसँग आन्द्रे पिएरे जिगनाक, कार्लाेस गोन्जालेज, राफयल कारिओका, डुइनास, लुइस रोड्रिग्वेज र गोलरक्षक नाहुएल गुजमन रहेको छ ।

गत सिजनको उपाधि इंग्लिस क्लब लिभरपुलले जितेको थियो । लिभरपुलले ब्राजिलियन क्लब फ्लामेङ्गोलाई १–० ले हराएर उपाधि जितेको थियो ।

सन् २००० बाट सुरु भएको फिफा क्लब विश्वकपको उपाधि सबैभन्दा धेरै स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ । रियलले चारपटक यो उपाधि जितेको छ । क्याटलान क्लब बार्सिलोनाले ३ तथा ब्राजिलियन क्लब कोरिन्थिएसले २ पटका जितको छ । लिभरपुल, साओ पाउलो, इन्टर नासिनोल, एसी मिलान, म्यानचेस्टर युनाइटेड र इन्टर मिलानले समान एक पटका उपाधि जितेका छन् ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.