default_image

3 years ago

March 10, 2021

पीएसजी र बार्सिलोना भिड्दै

54 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले घरेलु मैदानमा क्याटलान क्लब बार्सिलोनाको सामना गर्दैछ ।

खेल पार्क दि प्रिन्सेसमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । पहिलो लेगमा बार्सिलोनालाई उसकै मैदानमा ४–१ ले पराजित गरेको पीएसजी घरेल मैदानमा पनि सोही जितलाई निरन्तरता दिदै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ ।

पीएसजीलाई यही नतिजा नै अघिल्लो चरण प्रवेश गर्न पर्याप्त हुुनेछ । ३–० को हारले पनि पीएसजी अघिल्लो चरण प्रवेश गर्नेछ । पहिलो लेगमा ह्याट्रिक पुरा गरेका फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पे टोलीका लागि दोस्रो लेगमा पनि मुख्य हतियार हुनेछ ।

टोलीसँग एमबाप्पेसँगै मोउरो इकार्डी, एन्जल डि मारिया, मार्काे भेराट्टी, इड्रिसा गाना गुआई, ड्यानिल पारेडेस, लेभिन कुर्जावा, प्रेसनेल किमपेम्वे, मार्किन्हस, एलेसान्द्रो फ्लोरेन्जी र गोलरक्षक केलर नाभास टोलीसँग रहेका छन् ।

यता, बार्सिलोना पनि सनसनीपुर्ण नजिता निकाल्दै अघिल्लो चरण पुग्ने दाउमा हुनेछ । घरेलु मैदानमा पहिलो लेगमा ४–१ ले पराजित भएको बार्सिलोनालाई अघिल्लो चरण प्रवेश गर्न कम्तीमा पनि ४–० को जितको खाँचो छ ।

बार्सिलोनाले यो नतिजा उल्ट्याउन सक्ने क्षमता राख्दछ । २०१७ मा प्रि–क्वाटरफाइनलमै पहिलो लेगमा ४–० ले पछि परेको बार्सिलोनाले दोस्रो लेगमा ६–१ को सनसनीपुर्ण जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको थियो ।

तर त्यसबेलाका नेयमार र लुइस सुआरेज बार्सिलोनाको टोलीमा रहेका छैनन् । टोलीसँग कप्तान लियोनेल मेस्सी, औसमाने डेम्वेले, जोर्डी अल्वा, पेड्री, सर्जियो बुस्क्वेट्स, फ्रान्की डि जोङ, सर्जिनो डेस्ट, स्यामुइल उम्टिटी, क्लेमेन्ट लेङ्लेट र गोलरक्षक मार्क आन्दर टेर स्टेगनको साथ रहेको छ ।

यि दुई टोलीको पछिल्लो १० भेटमा बार्सिलोना ४ खेलमा विजयी भएको छ । ३ खेल पीएसजीले आफ्नो पक्षमा पार्दा ३ खेल बराबरीमा सकिएको छ ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.