default_image

3 years ago

March 10, 2021

लिभरपुललाई लाइप्जिगको चुनौती

28 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति इंग्लिस क्लब लिभरपुलले घरेलु मैदानमा जर्मन क्लब आरबी लाइप्जिगको आतिथ्यता गर्दैछ ।

खेल एनफिल्डमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । पहिलो लेगमा २–० को अवे जित निकालेको लिभरपुल सोही जितलाई निरन्तरता दिने लक्ष्यमा मैदानमा उत्रनेछ । लिभरपुललाई अन्तिम आठमा प्रवेश गर्न बराबरीको नतिजा नै पर्याप्त हुनेछ । तर टोली जित निकाल्दै क्वाटरफाइनल पुग्ने योजनामा हुनेछ ।

तर टोलीको पछिल्लो प्रदर्शन अपेक्षाकृत हुन सकेको छैन । पहिलो लेगमा लाइप्जिगलाई हराएपछि लिभरपुलले चार खेलमा ३ हार र १ जितको नतिजा छ ।

टोलीसँग साडियो माने, मोहम्मद सलाह, रोबर्टाे फिर्मिनो, डिएगो जोटा, थियागो अलकान्तरा, कर्टिस जोन्स, जर्जिन्हो वाइनाल्डम, एन्ड्रिउ रोबर्टसन, फाविन्हो, नाथानिल फिलिप्स, ट्रेन्ड एलेक्सान्डर अर्नाेल्ड र गोलरक्षक एलिसन बेकरको साथ रहेको छ ।

यता, लाइप्जिग पनि लिभरपुललाई हराउदै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुने छ । टोलीलाई अघिल्लो चरण प्रवेश गर्न ३–० को जितको आवश्यकता छ । २–० को जितले खेल अतिरिक्त समयमा लम्विदा अघिल्लो चरण पुग्ने सम्भावना रहनेछ ।

टोलीसँग युस्सुफ पोउलसेन, ड्यानियल ओल्मो, क्रिस्टोफोर एनकुकु, मार्सेल हाल्सटेनवर्ग, केभिन काम्पल, टेलर एडाम्स, डेअटउपमेकानो र गोलरक्षक पिटर गुलाक्सीको साथ रहेको छ ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.