default_image

3 years ago

March 11, 2021

झम्सिखेलमाथि मध्यपुरको रोमाञ्चक जित

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनले झम्सिखेल युथ क्लबलाई २–१ ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा मध्यपुरले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । मध्यपुरको जितमा कप्तान रोनिस ढेके राजवहाक र धिरज श्रेष्ठले गोल गरे । झम्सिखेलका मनिष खड्काको गोल सान्त्वना बन्यो ।

खेलको छैटौ मिनेटमा मनिष खड्काले गोल गर्दै झम्सिखेललाई १–० को अग्रता दिलाए । मनिष थाडा मगरको क्रसलाई रन्जित चौधरी थारुले हेडमार्फत राम्ररी क्लियर गर्न नसकेको बललाई मनिषले जाली चुमाएका थिए ।

३७औं मिनेटमा रोनिस ढेके राजवहाकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । रोनिसको प्रहारलाई गोलरक्षक सागर सुस्लिङले सामान्य रुपमा लिदा नियन्त्रणमा लिन नसक्दा बलले जाली चुम्न पुगेको थियो । ६७औं मिनेटमा धिरज श्रेष्ठको प्रहार आकासिदा मध्यपुर अग्रता लिनबाट चुक्यो ।

६९औं मिनेटमा मदन स्याङ्तानले पेनाल्टी बक्समा तीन डिफेन्डरलाई बिट गर्दै अघि बढाएको बललाई गोलरक्षक आकाश रानाभाटले नियन्त्रणमा लिए । ७०औं मिनेटमा धिरज श्रेष्ठले अर्काे अवसर खेर फाल्दा मध्यपुर अग्रता लिनबाट चुक्यो ।

७२औं मिनेटमा बिपन श्रेष्ठको पासमा मदन स्याङ्तानले प्रहारलाई गोलरक्षकले नियन्त्रणमा लिन नसक्दा भुवन राईको प्रहार आकासिदा झम्सिखेल बराबरीबाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा धिरज श्रेष्ठले गोल गर्दै मध्यपुरलाई २–१ को जित दिलाए । उनले सन्जीव थापामगरका पासमा वान टचमा उत्कृष्ट फिनिस गरेका थिए ।

जितपछि मध्यपुर ११ खेलबाट १६ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । रानी पोखरी कर्नर टिम (आरसिटी) र लिग विजेता सातदोबाटो युथ क्लबबीचको विजेताले आरसिटी र मध्यपुरको स्थान निर्धारण गर्नेछ । पराजित झम्सिखेलले ११ खेलबाट ६ अंक जोडेर ११औं स्थानमा रहेर लिगको अन्त्य ग¥यो ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.