default_image

3 years ago

March 12, 2021

पिएसजीको नजरमा रोनाल्डो पनि

25 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्को सिजनका लागि योजना बनाउन थालिसकेको छ । यसैबीचमा युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई लिने विषयमा पनि चर्चा सुरु गरेको छ ।

फ्रान्सेली च्याम्पियन टोलीमा नेयमार र केलियन एमबाप्पेका साथमा बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीलाई खेलाउने विषयमा पनि चर्चा सुरु गरेको थियो । तर, त्योसँगै अन्य विकल्पका बारेमा पनि पिएसजीले तयारी सुरु गरेको छ ।

मेस्सीलाई लिने पहलसँगै एमबाप्पले क्लब छाड्न सक्ने सम्भावनालाई पनि पिएसजीले मध्यनजर गरेको छ । पिएसजीले केहि वर्षयता सुपरस्टारहरुका साथमा च्याम्पियन्स लिग जित्ने प्रयास गरिरहेको छ । त्यसमा एमबाप्पेले सम्झौता नविकरण कम गर्ने सम्भावना पनि रहेको बताइएको छ ।

फ्रान्सेली सञ्चारमाध्यमका अनुसार पिएसजीले रोनाल्डोलाई विकल्पका रुपमा गम्भिरतापूर्वक हेरिरहेको छ । रोनाल्डोका एजेन्ट जर्ज मेन्डिस र पिएसजीका अध्यक्ष नासिर अल खलिफाबीच निकटको सम्बन्ध रहेको बताइन्छ । पिएसजीका कतारी मालिक खलिफा रोनाल्डोलाई बार्षिक ३१ मिलियन युरो दिन तयार हुन सक्ने अनुमान पनि गरिएको छ । जोसे मारिया मार्टेउ बार्सिलोनाका अध्यक्ष हुँदा मेस्सी आउन सक्ने सम्भावना पिएसजीले देखेको थियो ।

अहिले बार्सिलोनाको वातावरणमा परिवर्तन भएको छ । जोन लार्पोटा बार्सिलोनाको नयाँ अध्यक्षका रुपमा निर्वाचित भइसकेका छन् । जसका कारण मेस्सी बार्सिलोनमै रहने विश्वास पनि गरिएको छ ।

बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यान र मेस्सीलगायत टोलीमा पछिल्ला केहि महिनायता राम्रो समन्वय बनिरहेका कारण पनि पिएसजीले रोनाल्डोका बारेमा सोच्न थालेको अनुमान गरिएको छ ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.