default_image

3 years ago

March 16, 2021

काठमाडौं किकर्सले फुटबल क्लिनिक गर्ने

60 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं किकर्स फुटबल क्लिनिक यसै साता सुरु हुने भएको छ । काठमाडौं किकर्स फुटबल क्लिनिकको आयोजनामा शुक्रबारबाट क्लिनिक सुरु हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा किकर्सका अध्यक्ष नवीन पाँडेले जानकारी दिए ।

पहिलो चरणमा शुक्रबादेखि आइतबार सम्म दैनिक २ घन्टाको क्लिनिक हुने बताइएको छ । जसमा ६ देखि ९ वर्ष, १० देखि १३ वर्ष र १४ देखि १६ वर्ष समूहका बालबालिकालाई अलग अलग प्रशिक्षणमा सहभागी गराइनेछ ।

तल्लो तहबाट फुटबल सिकाउने उद्देश्यका साथ किकर्सले स्कटल्यान्डका लि मेनसनलाई प्रशिक्षक नियुक्त गरेको छ । सन् १९९४ देखि मेनसनले प्रशिक्षकको रुपमा स्कटल्यान्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसका विभिन्न क्लबमा प्रशिक्षण दिइसकेको बताइएको छ ।

युईएफएका बी लेभेलका प्रशिक्षक मेनसनले २०१९ मा फिलिपिन्सको राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक र सहायक व्यवस्थापकको भूमिका निर्वाह गरेका थिए । पहिलो चरणको प्रशिक्षण पछि आफ्ना बच्चाहरुलाई लामो समय प्रशिक्षण गराउन चाहने अभिभावकसँगको परामर्शमा ३ महिना, ६ महिना र एक वर्ष प्रशिक्षणको तालिका सार्वजनिक गरिने किकर्सले जनाएको छ ।

खेलाडी उत्पादनको उद्देश्यसहित सुरु हुने प्रशिक्षण बुढानिकण्ठ नगरपालिकाकास्थित कपअन स्पोर्टस् सेन्टर (सिएमसी) मा सञ्चालन हुने बताइएको छ । किकर्सले ४ वर्षयता प्रशिक्षण सञ्चालन गर्दै आएपछि पछिल्लो समय कोभिड १९ का कारण स्थगित भएको थियो ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.