default_image

3 years ago

March 18, 2021

एमबाप्पे चम्कँदा पिएसजी क्वाटरमा

51 views

0 Bookmark

एजेन्सी – युवा फरवार्ड किलीयन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गर्दा फ्रान्सेली च्याम्पियन पिएसजीले फ्रेन्च कपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

घरेलु मैदान पार्क दे प्रिन्समा एमबाप्पेले दुई गोल गर्दा पिएसजीले लिललाई ३-० ले पराजित गर्दै अर्को चरणमा स्थान बनायो । फ्रेन्च लिगको शीर्षस्थानमा रहेको लिलले आक्रमणमा फितलो प्रदर्शन गर्दा हार बेहोर्न पुगेको हो । पिएसजी लगातार सातौं सिजन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलको नवौं मिनेटमा अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ४ मिनेट समय बाँकी हुँदा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । लिलले बल पोसेसनमा नियन्त्रण लिंदै अवसर सिर्जना गरेपनि पिएसजीको डिफेन्स तोड्न सकेन ।

दोस्रो हाफको ७८ औं मिनेटमा लिलले पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पाएको थियो । तर यजिचीले पेनाल्टीमा गोल गर्न नसक्दा पिएसजी २-० ले अघि रहयो । इन्ज्युरी समयमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे । जारी सिजन एमबाप्पेको यो २७ औं गोल हो ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.