default_image

3 years ago

March 20, 2021

फुटबलमा अक्सनको तरंग : केहि निराश, केहि दंग

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनका लागि शुक्रबार काठमाडौंमा खेलाडी अक्सन सम्पन्न भयो । राष्ट्रिय स्तरको फुटबलमा पहिलोपटक गरिएको अक्सनले लिगको माहोल परिवर्तन पक्कै गरेको छ । अक्सनमा केहि खेलाडी अपेक्षा गरेभन्दा महँगोमा विक्री भए त केहि ठूला नाम बिकेनन् । विश्वकै सर्वाधिक चर्चामा रहने क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) को […]

86 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनका लागि शुक्रबार काठमाडौंमा खेलाडी अक्सन सम्पन्न भयो । राष्ट्रिय स्तरको फुटबलमा पहिलोपटक गरिएको अक्सनले लिगको माहोल परिवर्तन पक्कै गरेको छ । अक्सनमा केहि खेलाडी अपेक्षा गरेभन्दा महँगोमा विक्री भए त केहि ठूला नाम बिकेनन् ।

विश्वकै सर्वाधिक चर्चामा रहने क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) को प्रभावसँगै नेपालका तीन फ्रेन्चाइज क्रिकेट लिगले पनि यस मोडल नेपाली क्रिकेटमा प्रयोग गरिसकेका थिए । फुटबलमा भने राष्ट्रिय स्तरमा यो पहिलो प्रयास थियो । पहिलो पटक भएकाले पनि हुनसक्छ क्रिकेटको तुलनामा फुटबलको अक्सन केहि फिक्का हुन पुग्यो । त्यसो त अक्सनपछि क्रिकेटको तुलनामा फुटबलमा खेलाडीको स्तर केहि औसत हो की भन्ने भान पनि भयो ।

जसरि क्रिकेटको अक्सनअघि केहि खेलाडीका नाम अक्सनमा प्रतिस्पर्धा हुने आँकलन हुन्थ्यो । तर फुटबलमा एक त केहि खेलाडी विदेशी टोलीसँग अनुबन्धित भएको अवस्था, त केहि खेलाडी घाइते र केहिले नाम नै फिर्ता लिएपछि अक्सन हुनुअघि नै माहोल फिक्का भएको थियो । विमल घर्तीमगर, रोहित चन्द, किरण चेम्जोङ, अनन्त तामाङ, विक्रम लामा, अभिषेक रीजाल लगायत नाम नहुनुले लिगमा केहि कमी महसुस गरिएको छ । अझ अक्सनको सुरुवातमा टोलीहरु खेलाडी लिने प्रक्रियामा अभ्यस्त नहुँदा केहि कठिनाइ पनि देखियो ।

अक्सनमा एक टोलीले खर्च गर्न पाउने अधिकतम मूल्य १५ लाख ५० हजार तोकिएको थियो । तर टोलीले हरेक खेलाडीमा अधिकतम बोली लगाउँदा पनि १६ लाख ९५ हजार मात्र खर्च हुने आँकडा थियो । यसको मतलब टोलीले आफूले चाहेको खेलाडी छ भने बिना कुनै संकोच बोली लगाउन सक्थ्यो । त्यसैले पनि अधिकांश खेलाडी गोलाप्रथामा गएका थिए । आफ्नो सुचिमा भएका खेलाडीमा टोलीले बोली लगाउन कुनै बन्देज थिएन । अक्सनमा रकम नपुग्ला की भन्ने दबाब कुनै समय टोलीलाई भएन ।

अर्कोतर्फ खेलाडीको मूल्यकै विषयमा पनि प्रश्न गर्ने ठाउँ रहयो । फ्रेन्चाइज लिगमा सी श्रेणीका खेलाडीको न्यूनतम मुल्य २० हजार रुपैयाँ तोकिएको छ । एनएसएलका अनुसार हरेक टोलीले कम्तिमा १ महिनाअघि देखि खेलाडी उपलब्ध गराउन माग राखेका छन् । ए डिभिजनका उत्कृष्ट खेलाडीहरु जम्मा पारिएको सुचिमा क्लबहरुले २० हजारमा डेढ महिना खेल्छन् भन्ने अपेक्षा गर्नु पक्कै सहि होइन । यसमा अक्सनको मूल्य खेलाडीले पाउने अन्तिम मूल्य नहुने हो कि भन्ने प्रश्न छ । मोफसलमा प्रति खेल २० हजार सम्म लिइरहेको अवस्थामा सोहि रकममा फ्रेन्चाइज लिगको बेन्च तताउन सायदै कसैले डेढ महिना समय खेर फाल्छ ।

एकातर्फ सी श्रेणीको न्यूनतम रकम निकै कम रहँदा अर्कोतर्फ श्रेणी ए मा खेलाडीको अधिकतम मूल्य पनि मात्र २ लाख रहयो । हुन त २ लाख रुपैयाँमा ८ खेलाडी जानुले धेरै टोलीले एकै खेलाडीलाई लक्षित गरेको बुझ्न सकिन्छ । तर अक्सनमा टोलीको अधिकतम खर्च गर्ने सीमा तोकेपछि फेरी श्रेणी अनुसार अधिकतम रकम तोक्नु अक्सन रणनीति भन्दा बढी भाग्यको खेल जस्तो भयो । अझ केहि खेलाडीमाथि धेरै टोलीले बोली लगाएको देख्दा ती खेलाडी अझै धेरै रकम पाउन योग्य थिए भन्ने पनि प्रष्ट हुन्छ ।

खेलाडीको श्रेणी विभाजनलाई लिएर पनि प्रश्न गर्ने ठाउँ छ । पोजिसन अनुसार खेलाडीको श्रेणी विभाजन गर्दा केहि खेलाडी अपेक्षा गरेभन्दा माथिल्लो श्रेणीमा रहेकाले बिकेनन्, त केहि तल्लो श्रेणीमा रहेकाले धेरै टोलीको रोजाइमा रहे । अझ अक्सनमा केहि ढिला नाम आउँदा कम रकम पाउने देखि बिक्दै नबिक्ने सम्म भए । यसमा भने अक्सनको शैली भन्दा बढी भाग्य नै निर्भर रहेको मान्नुपर्छ ।

राष्ट्रिय टोलीका कप्तान समेत रहेका बिराज महर्जनको नाम अक्सनमा निकै ढिलो आयो । उनको नाम आउँदा अधिकांश टोलीको ए श्रेणीको कोटा खुम्चिएको थियो त धेरै टोलीले साइड डिफेन्समा आफ्नो दोस्रा रोजाइका खेलाडी लिइसकेका थिए । बिराज धेरै टोलीको पहिलो रोजाइमा थिए, तर उनको नाम ढिला आउँदा ए श्रेणीको कोटा र सोहि पोजिसनका अन्य विकल्प हुनुले पनि असर गर्यो । बिराजको नाम आउँदा टेबलमा रहेका मार्की खेलाडीको भावले पनि धेरै बयान गरेको थियो । बिराज आफैं कस्तो अवस्थामा थिए, त्यो सम्झन कठिन छैन ।

रवी पासवान, जर्जप्रिन्स कार्की, सुवास गुरुङ, लगायत खेलाडी पनि नाम ढिला आउनुको कारण नै बिकेनन् । सन्तोष तामाङ न्युनतम मूल्य १ लाख रुपैयाँमा नै अनुबन्ध भए । सिमित गोलरक्षक भएको र नाम पनि अघि नै आएकाले विशाल सुनार र दीप कार्कीले महँगो मूल्य पाए । किशोर गिरि र सूर्य अधिकारीको हकमा पनि त्यसै भयो । अर्पण कार्की भने ललितपुरको विसलिस्ट मार्फत टोलीमा समावेश भए, कारण ललितपुरले ए श्रेणीमा अन्तिम समयसम्म अन्य खेलाडीलाई प्रयास गर्यो । गोलरक्षकमा बी श्रेणीबाट आफ्नो खेलाडी पाएन र अर्पण निर्विकल्प टोलीमा परे ।

राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जन र मार्की खेलाडी विकेश कुथुसहित उत्रिएको काठमाडौंले सुरुवाती चार खेलाडीमा नै आफ्नो ए श्रेणीको कोटा सकेको थियो । यसक्रममा मिडफिल्डकै तीन खेलाडी रोजेको काठमाडौंको डिफेन्स भने निकै कमजोर देखिन्छ । विदेशी खेलाडीले उक्त स्थान परिपूर्ति गर्ने सम्भावना देखिएको टोलीको आक्रमण पनि खासै बलियो छैन । विनय श्रेष्ठलाई विकेशको सहायक पाउनु राम्रो निर्णय हुन सक्छ ।

काठमाडौं रेजर्सको टोली : विकेश कुथु (मार्की खेलाडी) , तेज तामाङ* (२ लाख), सन्जोग राइ (१ लाख), त्रिदेव गुरुङ (१ लाख), आशिष गुरुङ (७० हजार), राजन गुरुङ (५० हजार), विनय श्रेष्ठ (५० हजार), विश्वास श्रेष्ठ* (१ लाख २० हजार), प्रेजेन तामाङ (५० हजार), सुदीप शिख्राकर (५० हजार), रमेश बर्तौला (६० हजार), पृथ्वी चौधरी (२० हजार), अन्जन राई (२० हजार), सुदिल राई (६५ हजार), विमल पाण्डे* (७५ हजार)

अक्सनमा प्रशिक्षक बिना उत्रिएको धनगढी खेलाडी छनोटमा केहि कमजोर सावित भयो । रणनीति अनुसार गोलाप्रथामा केहि चुकेको धनगढीले ए श्रेणीका दुई खेलाडीको रुपमा विंगब्याक निशान्त खड्का र दीनेश राजवंशी रोजेको थियो । सामान्यतय पहिलो रोजाइमा सेन्टर हाफ र फरवार्ड श्रेणी ए का खेलाडी रहेपनि आफ्नो रोजाइका खेलाडी नपर्दा धनगढीले यी खेलाडी रोज्यो । सेन्टर मिडफिल्डमा कप्तान विशाल राई हुँदा हुँदै रुपेश केसी, योगेश गुरुङ, पुजन उपरकोटीमा खर्च गर्नुले पनि टोली केहि असन्तुलित देखिएको छ । विदेशी खेलाडीका रुपमा गोलरक्षक ल्याउने सम्भावना रहेको यस टोलीमा आक्रमण पनि फितलो देखिन्छ ।

धनगढी एफसीको टोली : विशाल राई (मार्की खेलाडी), निशान खड्का (१ लाख), दीनेश राजवंशी* (२ लाख), दर्शन गुरुङ (१ लाख), रुपेश केसी* (१ लाख २० हजार), योगेश गुरुङ (५० हजार), विवेक बस्नेत* (१ लाख २० हजार), टंक बस्नेत (५० हजार), टिकेन्द्र थापा (५० हजार), पुजन उपरकोटी* (१ लाख २० हजार), सौजन राई (२० हजार), विजय श्रेष्ठ (२० हजार), युद्ध शाही* (७५ हजार), निराजन महर्जन (२० हजार), अशोक खवास* (७५ हजार)

ललितपुरले सुरुवातबाट नै आफ्नो प्लेइङ ११ मा पर्ने टोली छनोट गरेको थियो । कमल श्रेष्ठ, प्रवेश दनुवार र मिक्छेन तामाङ बी श्रेणीबाट गोलाप्रथामा जितेको टोलीले एरिक विष्टमाथि जोखिम लिएको थियो । विकास खवासलाई गुमाएपछि पालसाङ लामालाई अनुबन्ध गरेको टोलीको आक्रमण विष्ट दाजुभाइ अन्जन र रन्जनको जिम्मेवारीमा हुनेछ । गोलरक्षकका रुपमा अर्पणलाई विसलिस्टबाट छानेको ललितपुरले डिफेन्समा पनि विदेशी खेलाडी अनुबन्ध गर्ने देखिन्छ ।

ललितपुर सिटी एफसी : अन्जन विष्ट (मार्की खेलाडी), एरिक विष्ट (२ लाख), पाल्साङ लामा (१ लाख), अर्पण कार्की (१ लाख), कमल श्रेष्ठ* (१ लाख २० हजार), प्रवेश दनुवार* (१ लाख २० हजार), मिक्छेन तामाङ* (१ लाख २० हजार), नविन लामा (७५ हजार), विमल राना* (१ लाख २० हजार), रन्जन विष्ट (५० हजार), विनोद गुरुङ (२० हजार), रोहित कार्की (२० हजार), सरोज लामा (२० हजार), निरज बस्नेत* (७५ हजार), गौरव बुढाथोकी* (७५ हजार)

सम्भवत रणनीतिका हिसाबले नेपालका उत्कृष्ट मध्यका एक मेघराज केसी एफसी चितवनको बेन्चमा थिए । आफ्नो रोजाइका खेलाडीमा बिना कुनै दबाब फ्लाग उठाउन लगाएका मेघराज अक्सनपछि खुसी देखिन्थे । गोलरक्षक विशाल सुनारमा २ लाख खर्चनु परेपनि विकास खवासलाई २ लाखमै पाउनुले उनको टोलीलाई गोलाप्रथाबाट न्याय भएको मान्न सकिन्छ । श्रेणी सी बाट मनिष थापा र रुप पाउनुमा पनि टोली भाग्यमानी ठहरियो । डिफेन्समा विदेशी खेलाडी आएपछि सुदृढ देखिने चितवन अक्सनमा विजेता मध्यको मान्न सकिन्छ ।

एफसी चितवनको टोली : भरत खवास (मार्की खेलाडी), विशाल सुनार* (२ लाख रुपैयाँ), विकास तामाङ (१ लाख), विकास खवास* (२ लाख), रोमन रसाइली (५० हजार), शिशिर लेखि (५० हजार), कुलदीप कार्की* (१ लाख २० हजार), अमित तामाङ (५० हजार), राजीव लोप्चन (५० हजार), टेक बहादुर बुढाथोकी* (१ लाख २० हजार), मनिष थापा* (७५ हजार), रुपबहादुर लामा* (७५ हजार), सिमान्त थापा (२० हजार), विश्व अधिकारी (२० हजार), विवश चौधरी (२० हजार)

बुटवल लुम्बिनीका लागि अक्सनको सुरुवाती समय फलदायी रहेन । बोली लगाएका खेलाडी एक पछि अर्को गर्दै विपक्षी टोलीमा गएपछि टोलीले लय समात्न सकेन । औसत खेलाडीले भरिएको बुटवलले अब विदेशी खेलाडीकै भरमा उत्रनुपर्ने देखिन्छ । टोलीले न्युनतम रकम १० लाख रुपैयाँ पनि खर्च गर्न नसक्नुले अक्सनमा टोलीको भाग्यबारे धेरै बयान गर्दछ ।

बुटवल लुम्बिनीको टोली : विशाल श्रेष्ठ (मार्की खेलाडी), सुरज विक (१ लाख), सेसेहाङ आङदेम्बे (१ लाख ३० हजार), आशिष लामा (१ लाख), लक्ष्मण रुचाल (५० हजार), रविन श्रेष्ठ* (१ लाख २० हजार), अमिर श्रेष्ठ* (१ लाख २० हजार), सुमन लामा (५० हजार), जय गुरुङ (५० हजार), रणदिप पौडेल (५० हजार), सत्रुघन चौधरी (२० हजार), मानबहादुर परियार (५० हजार), रवी थापामगर (५० हजार), अनिल महर्जन (५० हजार), चेतन थारु (२० हजार)

विराटनगरले अक्सनमा आएको पहिलो खेलाडी नै न्युनतम मूल्यमा खरिद गरेको थियो । दिनको अन्त्यमा कागज हेर्दा विराटनगर नै अक्सनबाट निस्कँदाको बलियो देखिन्छ । सन्तोष तामाङलाई १ लाख रुपैयाँमा अनुबन्ध गर्नु र सुनिल बल गोलाप्रथामा जित्नु टोलीका लागि सुखद रहयो । सुशील लामा २० हजार र किशोर गिरी ६५ हजारमै पाइन्छ भन्ने सायद टोलीले सोचेको पनि थिएन । गोलाप्रथामा भाग्यको साथ पाएर पनि हुनुपर्छ, अक्सन सकिँदा झन्डा उठाएका सोनाम घले र रजिन धिमालको मुहारबाट मुस्कान छुटेको थिएन ।

विराटनगर सिटि एफसी : रञ्‍जित धिमाल (मार्की खेलाडी), सरोज दाहाल (१ लाख), सुनिल बल* (२ लाख), सन्तोष तामाङ (१ लाख), अशोक थापा (५० हजार), किशोर गिरी (६५ हजार), विजय धिमाल* (१ लाख २० हजार), हेम तामाङ* (१ लाख २० हजार), दीपक राई (५० हजार), निरकुमार राई (५० हजार), विक्रम धिमाल* (७५ हजार), सुरज जिउ ठकुरी (६० हजार), सूर्य अधिकारी (७५ हजार), सुशील लामा (२० हजार), सुनिल खड्का (२० हजार)

आर्मीका प्रशिक्षक नवीन न्यौपाने र फरवार्ड नवयुग श्रेष्ठसहित टेबलमा बसेको पोखरा थन्डर्सले पनि योजना अनुसार राम्रो नतिजा ल्याएको आँकलन गर्न सकिन्छ । पोखराका स्थानीय र आर्मीका नियमित खेलाडीमा जोड दिएको टोलीले सुजल श्रेष्ठ र दीप कार्कीलाई गोलाप्रथामा जित्यो नै, अजित भण्डारीलाई १ लाखमा अनुबन्ध गर्नु उत्कृष्ट मध्यको डिल हुन सक्छ । युवा खेलाडी नितिन थापा र राजेश परियारलाई पनि गोलाप्रथामा लिएको पोखरासँग अनिल गुरुङको अनुभव पक्कै काम आउनेछ ।

पोखरा थन्डर्स टोली : नवयुग श्रेष्ठ (मार्की खेलाडी), अजित भण्डारी (१ लाख), दीप कार्की* (२ लाख), सुजल श्रेष्ठ* (२ लाख), अनिल गुरुङ (७० हजार), मानबहादुर तामाङ (५० हजार), दीपक गुरुङ* (१ लाख २० हजार), अजित प्रजापति (५० हजार), नितिन थापा* (१ लाख २० हजार), राजेश परियार* (१ लाख २० हजार), प्रविन स्याङतान (६० हजार), सुशील राई (२० हजार), गौतम श्रेष्ठ* (७५ हजार), सुरज गुरुङ (२० हजार), सुजित बुढाथोकी (२० हजार)

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.