default_image

4 years ago

March 26, 2021

बंगलादेशविरुद्ध जितको दबाबमा नेपाली टोली !

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा ६ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल फर्कदा नेपाली टोलीले विजयी सुरुवात गर्ने अपेक्षा थियो । तर, किर्गिस्तानको यू २३ विरुद्ध बिहीबारको त्यो योजना सफल हुन सकेन ।

झन्डै आधा घन्टा १० खेलाडीमा सिमित रहेको पाहुला टोलीविरुद्ध नेपाली टोली जित दर्ता गर्न असफल रह्यो । टोलीको प्रदर्शनबाट घरेलु समर्थक निराश हुनु स्वभाविक थियो । रोहित चन्द, रञ्जित धिमाललगायतका केहि खेलाडीको प्रदर्शनलाई छाड्ने हो भने टोलीले सोचे जस्तो नत प्रदर्शन गर्न सक्यो न त नतिजाका निकाल्न सक्यो ।

समर्थक टोलीको नतिजाबाट जति निराश थिए, त्यसमा आगोमा घ्यू थप्ने काम प्रशिक्षक बालगोपाल महर्जनको प्रतिक्रियाले गर्यो । महर्जन आफै खेललाई प्रतिस्पर्धात्मक भन्दा पनि मैत्रीपूर्ण खेलका रुपमा ब्याख्या गर्न तल्लिन थिए । उनले टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताइरहेका थिए ।’ नजिता त हेर्नु भयो , खेल हेर्नु भएन ? जवाफ दिने क्रममा उनको प्रति प्रश्न थियो ।

नेपालले जस्तै बंगलादेशले पनि थ्री नेसन्स कपमा सिनियर टोलीलाई उतारेको छ । बंगलादेशसँग खेल्नुअघि नै नेपाल फाइनल पुग्ने अपेक्षा धेरैले गरेका थिए । तर, त्यो पूरा हुन नसकेपछि अब नेपाली टोलीले बंगलादेशविरुद्ध शनिबार साँझ ५ः३० बजे सुरु हुने खेल दबाबका बीचमा खेल्नु पर्ने भएको छ । यद्दपी बंगलादेशविरुद्ध बराबरीले पनि नेपाल फाइनल पुग्नेछ ।

किर्गिस्तान पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित गरेको थियो । नेपाल र किर्गिस्तानले गोलरहित बराबरी खेलेपछि बंगलादेश फाइनल पुगिसकेको छ । अब नेपाल र किर्गिस्तानमध्ये अर्को टोलीले सोमबार हुने फाइनलमा बंगलादेशको सामना गर्नेछ । यस्तोमा नेपालनै फाइनल पुग्ने सम्भावना बढी छ । यद्दपी नेपाल र बंगलादेशबीच हुने राउन्ड रोविन लिगको नतिजाले फाइनल पुग्ने टोलीको तय लाग्नेछ ।

बंगलादेश त्यहि टोली हो जो सँग नेपाली टोलीले कात्तिकको अन्त्य र मंसिरको सुरुवातमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । बंगलादेश घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलको पहिलो खेलमा नेपाललाई २–० ले हराएको थियो । दोस्रो खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसयता यी दुई टोली पहिलो पटक दशरथ रंगशालामा भिड्दैछ ।

फाइनल पुगिसकेकोले बंगलादेशलाई भन्दा शनिबारको खेलमा नेपाली टोली दबाबमा हुनेछ । किर्गिस्तानविरुद्ध पटक पटक मौका पाउँदा पनि गोलको खाता खोल्न नसकेको नेपाललाई बंगलादेशविरुद्ध पनि त्यस्तै दबाब हुनेछ । फिनिसिङमा नेपाली टोली कमजोर मानिन्छ । किर्गिस्तानविरुद्ध त्यहि कमजोरीले निरन्तरता पाएको थियो । कप्तान समेत रहेका किरण चेम्जोङ तथा रक्षापक्तिमा रोहित चन्द, रञ्जित धिमाल, अनन्त तामाङ र दीनेश राजवंशीको प्रदर्शन सन्तोषजनक रह्यो । तर, मध्यपक्ति र फरवार्ड लाइनको प्रदर्शन अपेक्षा गरिजस्तो भएन ।

किर्गिस्तानविरुद्ध जित निकाल्न नसकेको नेपालले बंगलादेशविरुद्ध कस्तो प्रदर्शन गर्दा धेरैमा कतुहलता रहनु स्वभाविक हुन्छ । प्रशिक्षक महर्जनले बंगलादेशलाई किर्गिस्तानलाई जस्तो हल्का पक्कै लिने छैनन्। किर्गिस्तानविरुद्धको खेलको अघिल्लो दिन महर्जन जितका लागि आशावादी थिए । तर, त्यस्तो भएन ।

महर्जन बंगलादेशविरुद्ध जित्ने गरि उत्रने बताउँछन् । ‘हामीले किर्गिस्तानविरुद्ध राम्रो खेल्दा पनि गोल गर्न सकेनौं,’ उनले भने, ‘बंगलादेशविरुद्ध भने जितका लागि प्रयास गर्नेछौं ।’ बंगलादेश र किर्गिस्तानको खेलले पनि धेरैलाई कन्भिन्स गर्न सकेको थिएन । त्यसको तुलनामा नेपाल र किर्गिस्तानको खेल तीब्र र प्रतिस्पर्धात्मक थियो ।

घरेलु मैदानमा बलियो टोलीविरुद्ध पनि सशक्त प्रदर्शन गर्ने क्षमता राख्ने नेपाली टोलीले बंगलादेशविरुद्ध त्यस्तै जुझारु प्रदर्शन गर्ने आशा गरिएको छ । यद्दपी इतिहासमा भने बंगलादेश बलियो छ । नेपाल र बंगलादेशबीच यसअघि २१ खेल भएका छन् । जसमा बंगलादेशले १२ खेल जितेको थियो । नेपाल ६ खेलमा विजयी भएको छ भने ३ खेल बराबरीमा टुंगिएको थियो ।

बंगलादेशविरुद्धकै फाइनल पुग्न र आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न नेपाली टोलीले फेरि एउटा मौका पाएको छ । घरेलु मैदानमा यस्ता मौका बारम्बार नआउने नेपाली टोलीले पक्कै राम्ररी बुझेको छ ।

October 31, 2024

प्रधानमन्त्री ओली सामु फुटबल खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]

October 31, 2024

लिभरपुल र आर्सनलको जित

एजेन्सी – लिभरपुल र आर्सनल काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ब्राइटनलाई बुधवार ३-२ ले पराजित गर्दै लिभरपुल अन्तिम आठमा पुगेको हो । लिभरपुलको जितमा कोडी गाक्पोले २ गोल गरे। ४६ औं मिनेटमा गाक्पोले पहिलो गोल गरे। ६३औं मिनेटमा गाक्पोले व्याक्तिगत दोस्रो गोल थपेपछि लिभरपुलले २-० को अग्रता बनायो ।  ८१औं मिनेटमा साइमन एडिन्ग्राले […]

October 31, 2024

टोटेनहमसँग सिटी पराजित, युनाइटेड विजयी

एजेन्सी – टोटनहम र म्यानचेस्टर युनाइटेड काराबाओ कपको क्वाटरफाइनलमा पुगेका छन्। टोटेनहमसँग पराजित हुँदै म्यानचेस्टर सिटी काराबाओ कपको अन्तिम १६ बाटै बाहिरिएको छ । टोटनहम बुधवार सिटीलाई २-१ ले हराएको हो। खेलको पाचौं मिनेटमा टिमो वर्नरले गोल गर्दै टोटनहमलाई घरेलु मैदानमा अग्रता दिलाए । डेजान कुलुसेभस्कीको पासमा वर्नरले गोल गरेका हुन्। पापे माटर सरले २५औं […]

Success

Thank you for your time.