default_image

3 years ago

March 28, 2021

पहिलो हाफ – आर्मी र किर्गिस्तान बराबर

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १० दिनपछि घरेलु मैदान दशरथ रंगशालामा एएफसी कपको प्ले अफको पहिलो खेल खेल्ने तयारीमा रहेको विभागीय त्रिभुवन आर्मी क्लबले किर्गिस्तानको यु–२३ टोलीसँगको मैत्रीपुर्ण खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा आइतबार भएको खेलमा दुवै टोलीले केही अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । खेलको पहिलो मिनेटमा नै विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठको हेडरलाई गोलरक्षक प्रियाडकिन अर्टेमले मुस्किलले पञ्च गर्दै बचाए । चौथो मिनेटमा नवयुग श्रेष्ठको क्रसलाई गोलरक्षक अर्टेमले सहजै बचाए ।

२३औं मिनेटमा विवेक बस्नेतलाई बाकयातबेक युल सुल्तानविकले लडाएपछि पेनाल्टी बक्सबाहिरको सन्तोष तामाङको हेडरलाई डिफेन्डरले क्लियर गर्दै बचाए । २६औं मिनेटमा एबीलोभ इर्नाजको प्रहार क्रसबारमा लागेर फर्कदा किर्गिस्तान अग्रता लिनबाट चुक्यो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा विवेक बस्नेतको क्रसलाई नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की र टेक बहादुर बुढाथोकीले भेट्न सकेनन् । किर्गिस्तानको युवा टोलीविरुद्ध आर्मीले राष्ट्रिय टोलीको २३ सदस्यीय टोलीमा नपरेका नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र बिकास खवाससँगै सेसेहाङ आङ्देम्वे, सुमन अर्याल, बिकास तामाङलाई मैदानमा उतारेको छ ।

आर्मीले एफएफसी कपको तयारीस्वरुप किर्गिस्तानको युवा टोलीसँग मैत्रीपुर्ण खेल खेलेको हो । किर्गिस्तानको युवा टोली थ्री नेसन्स कपको लागि नेपाल आएको थियो । राउन्ड रोविन लिग १ बराबरी र १ हारका साथ किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको थियो । किर्गिस्तान बंगलादेशसँग १–० ले पराजित हुदा नेपाली राष्ट्रिय टोलीसँग गोलरहित बराबरी खेलेको थियो । आर्मीले २५ बैशाखमा श्रीलंकाको पुलिस क्लबसँग खेल्दैछ ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.