default_image

3 years ago

April 4, 2021

नेयमारले रातो कार्ड खाएको खेलमा पीएसजीको हार

100 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा लिलसँग १–० ले स्तब्ध बनेको छ । पार्क डि प्रिन्सेसमा शनिबार राति भएको खेलमा जोनाथान डेविडले पहिलो हाफमा गरेको गोल नै पीएसजीको हारमा निर्णायक गोल बन्यो ।

डेविडले २०औं मिनेटमा जोनाथन कोनेको पासमा गोल गरेका थिए । एक गोलले पछि परेको पीएसजीले त्यसपछि लिललाई दवावमा राख्दै आक्रमण बुनेपनि फिनिसिङमा चुक्दा पीएएसजी स्तब्ध बन्न पुग्यो । तनावपुर्ण बनेको खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा समेटिएको थियो ।

पीएसजीका नेयमार दोहोरो पहेंलो कार्ड खादै मैदानबाट बाहिरिंदा लिलका थियागो जालो पनि पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । यो हारपछि शीर्षस्थान गुमाएको पीएसजी ३१ खेलबाट ६३ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । पीएसजीलाई हराएको लिल ६६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

लिग वानकै अर्काे खेलमा लेन्सले लियोनलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको छ । लेन्सका जोनाथन क्लाउसले गोल गर्दा लियोनका लुकास पाक्वेटाले बराबरी गोल फर्काएका थिए । ९०औं मिनेटमा इस्लाम स्लिमानी सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि लियोन १० खेलाडीमा समेटिएको थियो ।

यो बराबरीपछि लियोन ३१ खेलबाट ६१ अंक जोडेर चौथो स्थानमा रहँदा लेन्स ४९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.