default_image

3 years ago

April 4, 2021

को हुन् नयाँ प्रशिक्षक अलमुताइरी?

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । आफ्नो प्रशिक्षण करिअरमा पहिलो पटक सिनियर टोलीको प्रशिक्षक सम्हालिरहेका ३९ वर्षीय अलमुताइरीले पहिलो पटक सार्वजनिक रुपमा बोल्दै राष्ट्रिय टोलीमा प्रचुर सम्भावना रहेको अभिव्यक्ति दिए । खेलाडीका रुपमा गोलरक्षक रहेका अलमुताइरीले लामो समय खेल्न […]

69 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । आफ्नो प्रशिक्षण करिअरमा पहिलो पटक सिनियर टोलीको प्रशिक्षक सम्हालिरहेका ३९ वर्षीय अलमुताइरीले पहिलो पटक सार्वजनिक रुपमा बोल्दै राष्ट्रिय टोलीमा प्रचुर सम्भावना रहेको अभिव्यक्ति दिए ।

खेलाडीका रुपमा गोलरक्षक रहेका अलमुताइरीले लामो समय खेल्न सकेनन् । चोट लागेपछि आफ्नो क्लबले उपचार जिम्मेवारी नलिएपछि उनले पुन: मैदान फर्केनन् । त्यसपछि विहबारी गरेर मैदानबाहिर नै रहेका उनले सन् २०११ मा प्रशिक्षण करीअर सुरु गरे ।

त्यसो त उनलाई बाल्यकालमै मुटुको समस्याका कारण धेरै खेल्न नसक्ने डाक्टरले बताएका थिए । तर उनले खेल्न छाडेनन् । उनको अनुसार त्यसो भन्ने डाक्टरको नै उनीभन्दा अगाडी स्वर्गवास भयो । उनले आफू फुटबलका लागि कटिवद्ध भएर लाग्ने संकेत दिन यसो भनिरहेको आँकलन गर्न सकिन्छ ।

खेलाडी करिअर सकिएपछि प्रशिक्षणमा लागेका उनले विभिन्न क्लब र उमेर समूहको टोली हेरेका छन् । आफ्नो प्रशिक्षण लाइसेन्ससँगै टोलीमा जिम्मेवारी समेत सम्हाल्दै आएका उनले १४ महिनाको अन्तरमा आफ्नो ए लाइसेन्स, प्रो लाइसेन्स र इन्स्ट्रक्टर कोर्ष पूरा गरेका हुन् । उनका अनुसार यो अवधिमा यी सबै कोर्ष गर्नु निकै दुर्लभ उपलब्धि हो ।

एएफसीका कोचिङ इन्स्ट्रक्टर समेत रहेका अलमुताइरीले यसअघि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका छैनन् । सन् २०११ मा प्रशिक्षण सुरु गरेपछि उनले कुवेतकै क्लबतर्फ युवा टोली हेरे । त्यसपछि साउदी अरेबियाका क्लब पुगेका उनले केहि वर्षपछि किर्गिस्तानको यू-१६ टोली सम्हाल्दै देशको इतिहासकै दोस्रो सर्वोत्कृष्ट नतिजा निकालेका थिए । त्यसयता उनी क्लब फुटबलमा नै व्यस्त रहँदै आएका छन् ।

अलमुताइरीले पछिल्लोपटक अल सहानीया फुटबल क्लबको जिम्मेवारी सम्हालेका थिए । त्यहाँ उनले टोलीलाई अन्तिम ९ खेलमा प्रशिक्षण दिँदै आठौं स्थानबाट चौथो स्थानसम्म पुर्याए । उनले जिम्मेवारी लिएको ९ खेलमा ४ जित, ४ बराबर र १ हार बेहोरेको जानकारी दिए ।

अल मुताइरीसँग सिनियर राष्ट्रिय टोलीको जिम्मेवारी लिएको अनुभव त छैन तर उनले आफ्नो तयारीका बारेमा बताइरहँदा भने सफल हुने छनक भने देखाएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी पाउनुअघि नै उनले राष्ट्रिय टोली, यू-२३ तथा यू-१९ टोलीले खेलेका पछिल्ला ३ वर्षका खेल हेर्दै हरेक खेलाडीको बारेमा रिपोर्ट तयार पारेको जानकारी दिए । उनले यसक्रममा सहभागी ५१ खेलाडीबारे आफूसँग विस्तृत जानकारी भएको पनि बताए ।

प्रशिक्षक अलमुताइरीले नेपाली खेलाडी क्षमतावान भएकाले अहिलेको भन्दा अझ राम्रो नतिजा दिन सक्ने रहेको बताए । उनले थ्री नेसन्स कपको प्रदर्शनलाई मात्र नभएर त्यसअघि खेलेका खेललाई पनि आधार मानेर आफ्नो प्रतिक्रिया दिएको प्रष्ट थियो । राष्ट्रिय टोलीको जिम्मेवारी पाएका उनले सम्भव भएसम्म राष्ट्रिय खेलाडीले खेल्ने प्रतियोगिता, क्लबको प्रशिक्षण लगायतमा अवलोकन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अल मुताइरीले आफ्नो योजना र लक्ष्यबारे बोलिरहँदा खेलाडीहरुको प्रदर्शन र नेपाली दर्शकको फुटबलप्रतिको क्रेजलाई केन्द्रविन्दुमा राखिरहे । सेप्टेम्बरमा हुने सम्भावित एसियन कप छनोटको विषयमा बोल्दा समेत उनले घरेलु मैदानमा खेल हुँदाको फाइदा औंल्याए । थ्री नेसन्स कपका दौरान टोलीले सोचेभन्दा कमजोर प्रदर्शन गरेपनि दर्शकहरुले दिएको मायाले उनलाई प्रभावित पारेको थियो । उनले समर्थक योभन्दा धेरै खुसीको हकदार रहेको बताए ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.