default_image

5 years ago

April 6, 2021

एएफसी कप छनोट : आर्मीका खेलाडीमा कोरोना संक्रमण

267 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

एएफसी कपको दक्षिण एसियाली छनोट अन्तर्गत प्लेअफ चरणको खेल खेल्ने तयारीमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबका खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।

श्रीलंका पुलिस स्पोर्टस् क्लबसँगको खेलको पूर्व सन्ध्यामा मंगलबार साँझ आर्मी टोलीले दशरथ रंगशालामा प्रशिक्षण गर्दा ४ खेलाडी अनुपस्थित थिए । स्रोतका अनुसार खेलको अघिल्लो दिन गरिएको कोरोना परिक्षणमा चार खेलाडी र अफिसियलमा कोरोना संक्रमण देखिएको हो । खेलाडीको रिपोर्ट पुन: पुष्टिका लागि पठाइएको र अर्को रिपोर्टपछि मात्र ती खेलाडी सहभागिता बारे यकिन निर्णय हुनेछ ।

कोरोना संक्रमणका बाबजुद खेल भने आयोजना हुने देखिएको छ । खेल नेपाली समयानुसार साँझ ५ः३० बजे दशरथ रंगशालमा सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । यद्यपि संक्रमित खेलाडी भने सेल्फ आइसोलेसनमा रहेर खेलमा सहभागिता जनाउने छैनन् । यसअघि एएफसी च्याम्पियन्स लिगको खेलका दौरान पनि खेलाडीमा कोरोना संक्रमण देखिएपनि पाहुना टोली आइसकेकाले एएफसीले खेल आयोजना गरेको थियो ।

यसअघि नेपाली राष्ट्रिय फुटबल टोलीका केहि खेलाडीमा संक्रमण देखिँदा नोभेम्बरमा भएको बंगलादेश भ्रमण केहि खेलाडीले गुमाएका थिए । अन्य खेलाडीले भने बंगलादेश गएर दुई खेल खेलेका थिए ।

यो पनि : एएफसी कप छनोट : आर्मीको लक्ष्य अन्तिम चरण

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.