default_image

3 years ago

April 12, 2021

लाकाजेट चम्कदा आर्सनलको जित, लेस्टरको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले सहज जित दर्ता गर्दा लेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडसँग हार बेहोरेको छ । आर्सनलले रेलिगेसन जोनमा संघर्ष गरिरहेको सेफिल्ड युनाइटेडलाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो । आर्सनलको जितमा एलेसान्द्रो लाकाजेटले दुई तथा गाव्रियल मार्टिनेलीले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई […]

36 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले सहज जित दर्ता गर्दा लेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडसँग हार बेहोरेको छ ।

आर्सनलले रेलिगेसन जोनमा संघर्ष गरिरहेको सेफिल्ड युनाइटेडलाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो । आर्सनलको जितमा एलेसान्द्रो लाकाजेटले दुई तथा गाव्रियल मार्टिनेलीले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।

ब्रामल लेन सेफिल्डमा आइतबार राति भएको खेलमा आर्सनलले खेलको ३३औं मिनेटमा एलेसान्द्रे लाकाजेटको गोलबाट अग्रता लिएको थियो । उनले ड्यानियल सेवालसको पासलाई सदुपयोग गरेका थिए ।

७१औं मिनेटमा गाव्रियल मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । ८५औं मिनेटमा लाकाजेटले थोमस पार्टीको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्सनलाई ३–० को सहज जित दिलाए ।

जितसँगै आर्सनल ३१ खेलबाट ४५ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित सेफिल्ड १४ अंक जोडेर पुछारमा रहेको छ । यो हारले सेफिल्डको रेलिगेसन म्भावना बढेको छ ।

यस्तै प्रिमियर लिगकै अर्काे खेलमा वेस्ट ह्याम युनाइटेडले लेस्टर सिटीलाई ३–२ ले स्तब्ध पारेको छ । वेस्ट ह्यामका जेसे लिङ्गार्डल दुई गोल गर्दा जारोड वोवेनले एक गोल थपे । लेस्टरका केलिचीले दुवै गोल गरेपनि हार टार्न सकेन ।

यो जितपछि वेस्ट ह्याम ३१ खेलबाट ५५ अंक जोडेर चौथो स्थानमा उक्लदा पराजति लेस्टर ५६ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.