default_image

3 years ago

April 13, 2021

सात गोलको थ्रीलरमा सेभियाको नाटकीय जित

एजेन्सी – सात गोलको थ्रीलरमा सेभियाले रोमाञ्चक र नाटकीय जित निकाल्दै स्पेनिस ला लिगाको शीर्ष चारको यात्रालाई बलियो बनाएको छ । सोमबार राति भएको खेलमा सेभियाले सेल्टा डि भिगोलाई उसकै मैदानमा ४–३ ले हराएको हो । सुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा सेभिया पहिलो हाफमा ३–२ ले पछि परेको थियो । दोस्रो हाफमा सेभियाले […]

53 views

0 Bookmark

एजेन्सी – सात गोलको थ्रीलरमा सेभियाले रोमाञ्चक र नाटकीय जित निकाल्दै स्पेनिस ला लिगाको शीर्ष चारको यात्रालाई बलियो बनाएको छ ।

सोमबार राति भएको खेलमा सेभियाले सेल्टा डि भिगोलाई उसकै मैदानमा ४–३ ले हराएको हो । सुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा सेभिया पहिलो हाफमा ३–२ ले पछि परेको थियो । दोस्रो हाफमा सेभियाले दुई गोल गर्दै जित निकाल्न सफल भयो ।

एवान्का वलाइडोस भिगोमा सेभियाले खेलको सातौ मिनेटमा जुलेस कोन्डेको गोलबाट अग्रता लिएको थियो । उनले मार्काेस एकुनाको पासमा गोल गरका थिए । २०औं मिनेटमा इगो आसपासले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

लगत्तै २३औं मिनेटमा इगो आसपासले डेनिस सुआरेजको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सेल्टालाई २–१ ले अघि बढाए । ३५औं मिनेटमा फर्नान्डोले सुसोको पासमा गोल गर्दै सेभियालाई खेलमा फर्काए । ४३औं मिनेटमा ब्राइस मेन्डेजले सुआरेजकै पासमा गोल गरेपछि सेल्टाले पहिलो हाफमा ३–२ को अग्रता लिएको थियो ।

खेलमा पछि परेको सेभियाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्दै जित निकाल्न सफल हुदा घरेलु टोलीले त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो । ६०औं मिनेटमा इभान राकिटिचले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । ७६औं मिनेटमा एलेसान्द्रो गोमेजले गोल गर्दै सेभियालाई ४–३ को नाटकीय र रोमाञ्चक जित दिलाए ।

जितसँगै सेभियाको शीर्ष चारको सम्भावना बलियो बनेको छ । सेभियाको ३० खेलबाट ६१ अंक पुगेको छ । सेभिया तेस्रो स्थानको बार्सिलोनाभन्दा ४ अंकले पछि रहँदा पाँचौ स्थानको रियल सोसिडाडलाई १४ अंकले पछि पारेको छ । पराजित सेल्टा ३७ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.