5 years ago
April 13, 2021
सुबास हुमागाईं, काठमाडौं
कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विश्वकप छनोट अन्तर्गत नेपालको बाँकी रहेका तीन खेललाई लक्षित गर्दै ३२ सदस्यीय टोली घोषणा गरेका छन् । घोषणा भएको टोलीमा ४ नयाँ अनुहार समेटिएका छन् ।

प्रशिक्षक अलमुताइरीले कतारमा रहँदै आएका १९ वर्षीय मिडफिल्डर स्यान्सु भुषाललाई पनि टोलीमा समेटेका छन् । कतारको अल वाक्रा क्लबको यू-२३ टोलीमा खेल्दै आएका स्यान्सुले हालसम्म व्यावसायिक खेल खेलेका छैनन् । प्रशिक्षक अलमुताइरीले कतारस्थित उनको क्लबको प्रशिक्षकसँग छलफलपछि उनलाई टोलीमा समेटेको बताए ।
‘मैले उनीबारे कतारमा उनको प्रशिक्षकसँग छलफल गरें । उनले कतारमा केहि वर्ष खेलेको र टोलीमा पर्न योग्य रहेको जानकारी पाएर नै समेटेको हुँ । कतारमा उनको प्रशिक्षक मेरा साथी पनि हुन् र उनले स्यान्सु राम्रो रहेको जानकारी दिएका छन्,’ प्रशिक्षक अलमुताइरीले भने ।
स्यान्सु आफैं हाल नेपालमा नै छन् । उनी खुकुरी नेपाल सुपर लिग (एनएसएल) को फुटबल क्लब चितवनमा प्रशिक्षण गरिरहेका छन् । उनले विगत १ वर्षदेखि अल वाक्राको यू-२३ टोलीमा खेलिरहेका छन् ।

प्रशिक्षक अलमुताइरीले ३२ सदस्यीय टोलीमा एनएसएलपछि केहि खेलाडीको नाम थप्न सकिने जानकारी दिए । ‘मैले अझै केहि खेलाडीको प्रदर्शन हेर्नेछु । एनएसएल पछि योग्य छन् भने १-२ खेलाडीको नाम थपिन सक्छ,’ उनले भने ।
नेपालले छनोटका बाँकी ३ खेल कुवेतमा नै खेल्ने तालिका रहेको छ । प्रशिक्षक अलमुताइरीले कुवेतमा निकै गर्मी हुने कारण कुनैपनि टोलीलाई त्यहाँ सहज नहुने बताए । ‘ कुवेतमा निकै गर्मी छ । जुनसुकै टोलीलाई त्यहाँ खेल्न कठिन हुन्छ । त्यहाँको वातवरण खेलाडीका लागि सहज छैन । म आफैं कुवेतको भएकाले कुनै किसिमको फाइदा हुने देख्दिन,’ उनले प्रष्ट पारे ।
प्रशिक्षक अलमुताइरीले स्यान्सुसँगै मनिष डाँगी, विवेक बस्नेत र गौतम श्रेष्ठलाई पनि राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाएका छन् । यसबाहेक मिडफिल्डर प्रकाश बुढाथोकी र सुमन लामाले पनि सिनियर टोलीमा पुनरागमन गरेका छन् । आर्मीका विकास खवास, सेसेहाङ आङदेम्बे र सन्तोष तामाङ पनि टोलीमा छन् ।

मनिषले यसअघि उमेर समूहको टोलीमा खेल्दै नेपालको प्रतिनिधित्व गरिसकेका छन् । उनी पछिल्लो समय मोफसलमा रुस्लान थ्री स्टारको जर्सीमा देखिएका थिए । त्यस्तै यसै सिजन आर्मी पुगेका गौतम पनि पहिलो पटक सिनियर टोलीमा परेका हुन् । उनले गत सिजन जावालाखेलबाट खेल्दै राम्रो प्रदर्शन गरेका थिए । उनीसँगै आर्मीबाट प्रभावशाली प्रदर्शन गरेका विवेक बस्नेत पनि टोलीमा परेका छन् ।
विश्वकप छनोटका बाँकी खेल मे ३१ देखि जुन १५ सम्म हुनेछ । यसअघि दशरथ रंगशालामा खेल हुने भनिएपनि कोरोना संक्रमणका कारण एएफसीले खेल सारेको थियो । छनोटको ५ खेलमा नेपालले ३ अंक जोडेको छ । नेपालले एकमात्र जितको रुपमा चाइनिज ताइपेइलाई २-० ले हराएको थियो । नेपालले अब जोर्डन, अष्ट्रेलिया र चाइनिज ताइपेइसंग खेल्न बाँकी छ ।
अन्तिम ३२ सदस्यीय टोली :
गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल सुनार
डिफेन्डर : रञ्जित धिमाल, अनन्त तामाङ, रोहित चन्द, निशान खड्का, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ, विकास खवास
मिडफिल्डर : त्रिदेव गुरुङ, मनिष डाँगी, तेज तामाङ, एरिक विष्ट, संजोक राई, विशाल राई, सुनिल बल, रवी पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ, विवेक बस्नेत, प्रकाश बुढाथोकी, स्यान्सु भुषाल, अन्जन विष्ट, सुमन लामा
फरवार्ड : दर्शन गुरुङ, अभिषेक रिजाल, नवयुग श्रेष्ठ, भरत खवास
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]