default_image

3 years ago

May 5, 2021

‘पैसाले मात्र फाइनल पुगेको होइन’ – गुआर्डीओला

47 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाले च्याम्पियन्स लिगको फाइनल पुगेपछि यस स्तरमा खेल्न र सफलता हासिल गर्न निकै कठिन रहेको बताएका छन् ।

मंगलबार फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै सिटीले फाइनलमा स्थान पक्का गरेको थियो । पहिलो लेग पेरिसमा २-१ ले जितेको सिटीले दोस्रो लेगमा २-० को जितसहित उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । सन् २०१६ मा सिटी आएयता पेपले दुई लिग उपाधि जित्दै तेस्रो उपाधि नजिक पुगेपनि च्याम्पियन्स लिगमा भने क्वाटरफाइनल पार गर्न सकेका थिएनन् ।

‘यो निकै विशेष समय हो । मान्छेहरु सोच्छन् च्याम्पियन्स लिग फाइनल पुग्न सहज छ । तर फाइनल पुग्नेलाई थाहा हुन्छ यो कति कठिन छ । हामीले विगत ४-५ वर्षमा गरेको मिहिनेतकै कारण आज फाइनलमा छौं ।’

‘हरेक दिन हाम्रो खेलाडीले निरन्तर मिहिनेत गरेका छन् । पिएसजीविरुद्ध पहिलो लेगमा वालको बीचबाट फ्रिकिक गोल भयो । आज पहिलो हाफमा मार्किन्हसको हेडर बारमा लाग्यो । सानो सानो अवस्था आफ्नो पक्षमा आउनुले पनि फाइनल यात्रा सम्भव हुन्छ ।’

‘म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग जित्दा जोन टेरी विजयी पेनाल्टी प्रहार गर्ने क्रममा चिप्लिएका थिए । रियल म्याड्रिडले पनि एटलेटिकोलाई हराउँदा सर्जियो रामोसले ९३ औं मिनेटमा बराबरी गोल गरेका थिए । यो प्रतियोगिता जित्न यति कठिन छ, लाग्छ ताराहरुमा केहि लेखिएको हुनुपर्छ ।’

‘म क्लबको मालिक, अध्यक्ष र सम्पूर्ण सदस्यलाई धन्यवाद दिन चाहन्छु । यो क्लब पर्दापछाडी काम गरिरहेका सबैको मिहिनेतले नै यहाँ सम्म आइपुगेको हो । सबै पक्ष पैसाको कारण मात्र सम्भव छैन । यदि तपाईं हामी पैसाले नै यहाँसम्म आएको सोच्नुहुन्छ भने निकै गलत हुनुहुन्छ ।’

सिटीले गुआर्डीओला आएयता सेमिफाइनल यात्रा पनि तय गर्न सकेको थिएन । पछिल्ला तीन सिजनमा लियोन, टोटेनहम र लिभरपुलसँग पराजित सिटीले त्यसअघि अन्तिम १६ मा मोनाकोसँग हार बेहोरेको थियो । सन् २०१५-१६ मा म्यानुएल पेलेग्रिनी प्रशिक्षक रहँदा सिटी रियल म्याड्रिडसँग सेमिफाइनलमा पराजित भएको थियो । त्यसबेला दुवै लेग जोडेर स्कोर १-० थियो । अब यसपटक फाइनलमा रियल नै प्रतिद्वन्द्वी पर्ने सम्भावना पनि छ । दोस्रो सेमिफाइनलमा चेल्सी र रियल खेल्दैछन् ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.