default_image

3 years ago

May 15, 2021

टोरेसको ह्याट्रिकमा सिटीको रोमाञ्चक जित

188 views

0 Bookmark

एजेन्सी – स्पेनिस फरवार्ड फेरान टोरेसको ह्याट्रिक मद्दतमा यो सिजनको च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा सिटीले एक गोलले पछि परेको अवस्थामा न्युक्यासलमाथि उसकै मैदानमा ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो । सिटीको जितमा अर्काे एक गोल जोओ क्यान्सिलोको नाममा रह्यो । घरेलु टोलीका इमिल क्राफ्त, जोइलिन्टन र जोसेव विललकले गोल गरे ।

सेन्ट जेम्स पार्क न्युक्यासलमा घरेलु टोलीले खेलको २५औं मिनेटमा इमिलको गोलबाट अग्रता लिएको थियो । तर न्युक्यासलले त्यो अग्रतालाई जोगाउन सकेन । ३९औं मिनेटमा जोओ क्यान्सिलोले रोड्रीको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले जोन्जो सेल्भेको पासमा गोल गरेका थिए ।

४२औं मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीलाई खेलमा २–१ ले अघि बढाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा जोइलिन्टनले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको अवस्थामा ल्याए । जोइलिन्टनलाई पेनाल्टी बक्समा नाथन एकेले लडाएपछि प्राप्त पेनाल्टीमा उनी आफैले गोल गर्न सफल भएका थिए ।

केएल वाल्करले जोसेप विललकलाई लडाएपछि ६२औं मिनेटमा प्राप्त पेनाल्टीमा जोसेप विललकको पेनाल्टीलाई गोलरक्षक स्कट कार्सनले बचाएपनि रिवाउन्डमा विललकले गोल गर्दै खेलमा न्यु क्यासललाई ३–२ ले अघि बढाए । तर न्युक्यासलको त्यो अग्रत लामो समय टिकेन । ६४औं मिनेटमा फेरान टोरेसले गापिब्रयल जेससको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । ६६औं मिनेटमा टोरेसले ह्याट्रिक पुरा गर्दै सिटीलाई ४–३ को रोमाञ्चक र पूनरागमन जित दिलाए ।

जितपछि च्याम्पियन बनिसकेको सिटीको ३६ खेलबाट ८३ अंक पुगेको छ । पराजित न्युक्यासल ३९ अंक जोडेर १६औं स्थानमा छ ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.