default_image

3 years ago

June 1, 2021

बायर्न छाड्ने लेवान्डोस्कीको संकेत

एजेन्सी – यस सिजनको गोल्डेन बुट विजेता रहेको गोल मेसिन पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले यो समरमा जर्मन क्लब बायर्न म्युनिख छाड्न सक्ने संकेत दिएका छन् । उनले आफु खुला विचारधाराको रहेको भन्दै क्लब छाड्ने संकेतलाई बढवा दिएका हुन् । इंग्लिस क्लब चेल्सी र क्याटलान क्लब बार्सिलोनाले उनलाई अनुबन्ध गर्ने चासो देखाएको छ । उनको भविष्यबारे […]

48 views

0 Bookmark

एजेन्सी – यस सिजनको गोल्डेन बुट विजेता रहेको गोल मेसिन पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले यो समरमा जर्मन क्लब बायर्न म्युनिख छाड्न सक्ने संकेत दिएका छन् । उनले आफु खुला विचारधाराको रहेको भन्दै क्लब छाड्ने संकेतलाई बढवा दिएका हुन् ।

इंग्लिस क्लब चेल्सी र क्याटलान क्लब बार्सिलोनाले उनलाई अनुबन्ध गर्ने चासो देखाएको छ । उनको भविष्यबारे सोधिएको प्रश्नमा ३२ वर्षीय लेवान्डोस्कीले कानल प्लससँग भने, ‘म खुल्ला विचारको हुँ । मलाई बायर्न धेरै राम्रो लागेको छ । शहर उत्कृष्ट छ, यो एक उत्कृष्ट क्लब हो । नयाँ भाषा, नयाँ संस्कृति सिक्न समेत इच्छुक हुन्छु । तर यो फुटबलमा हुनेछ वा मेरो करिअर पछाडि, मलाई पनि थाहा छैन ।’

बायर्नलाई लगातार नवौं सिजन जर्मन बुन्डेसलिगाको उपाधि जिताएका उनले एकै सिजन बायर्नमा सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाएका छन् । उनले यो सिजन ४१ गोल गर्दै ४७ वर्षअघि अर्थात १९७१–७२ मा गर्ड मुलरले राखेको ४० गोलको कीर्तिमानलाई भंग गरेका थिए ।

‘मलाई रेकर्डसँग खासै मतलब छैन । जब म चुनौतीहरु लिन्छु, त्यसको लागि म सदैव अघि बढ्नेछु । किनकि यसले मलाई अघि बढ्न मद्दत गर्दछ,’ लेवान्डोस्कीले भने, ‘मेरो लागि तपाईहरुको मायाले पनि लक्ष्य प्राप्त गर्न सहयोग मिल्नेछ । जुन तपाईहरु विना असम्भव जस्तै लाग्थ्यो ।’

‘इमान्दारीका साथ भन्नुपर्छ मैले त्यो कीर्तिमान नजिक पुग्नेसम्म सोचेकै थिइनँ । किनकि सिजनको केही खेल मैले गुमाएको थिए । म यसमा कुनै विशालता महसुस गर्दिन । मलाई यो साँचो महसुस हुदैन र सायद यो राम्रो चीज हो ।’

लेवान्डोस्की २०१४ देखि बायर्नमा रहेका छन् । त्यसअघि उनी २०१० देखि २०१४ सम्म अर्काे जर्मन क्लब बोरुसिया डर्टमुन्डमा रहेका थिए । लेवान्डोस्कीले बायर्नबाट ३२९ खेलमा २९४ गोल गरिसकेका छन् । उनले यो सिजन बायर्नबाट ४० खेलबाट ४८ गोल गरेका छन् ।

यो पनि : लेवान्डोस्कीको गाथा : दुखान्त सुरुवातपछिको सफल करिअर

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.