default_image

3 years ago

July 2, 2021

फ्रि एजेन्ट मेस्सी

84 views

0 Bookmark

एजेन्सी – फुटबल सुपर स्टार लिओनल मेस्सीको बार्सिलोनासँगको सम्झौता अन्त्य भएको छ । २० वर्षभन्दा लामो समय बार्सिलोनाका हिस्सा रहेका मेस्सी जुन ३० को मध्यरातबाट क्लब विहिन भएका छन् । उनी निरन्तर ७ हजार ५ सय ४ दिन बार्सिलोनाको खेलाडी रहे ।

बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले पुरानो सम्झौता सकिनुअघि नै मेस्सीलाई सम्झौता नविकरणका लागि बारम्बार प्रयास गरेपनि सफल हुन सकेनन् । तर त्यसको अर्थ मेस्सीले क्लबमा फेरि सम्झौता गर्दैनन् भन्ने होइन भन्ने बुझाई रहेको छ । बार्सिलोना मेस्सीसँग नयाँ सम्झौता हुनेमा अझै पनि आशावादी रहेको बताइएको छ । उनले बार्सिलोनाको परम्परागत निलो र रातो जर्सीमा पुन देखिनका लागि नयाँ सम्झौता गर्ने अपेक्षा भने गरिएको छ । तर, अहिलेको अवस्थामा भने मेस्सी बार्सिलोनाका खेलाडी रहेनन् ।

जुन ३० अघि सम्झौता नविकरण गर्न नसक्नु क्लबको आर्थिक अवस्था एउटा कारण हुन सक्ने अनुमान पनि गरिएको छ । लापोर्टा र मेस्सीका एजेन्ट समेत रहेका उनका पिताबीच सम्बन्ध राम्रो रहेकोले पनि नयाँ सम्झौता हुने विश्वास गरिएको छ । नयाँ सम्झौताका बारेमा चाँडै टुंगो लाग्ने । सम्भवत केहि दिनमै सम्झौता हुने बताइएको छ । तर यहि दिन सम्झौता हुन सक्छ भन्ने तय भएको छैन ।

लापोर्टाले मेस्सीसँग चाँडै नयाँ सम्झौता हुने भन्दै समर्थकलाई बुझाउने प्रयास गरिरहेका छन् । उनी मेस्सी बार्सिलोनाका खेलाडी होइनन् भन्ने परिस्थिति नै नआओस् भन्नेमा प्रयासरत पनि थिए । मेस्सी नहुँदा त्यसले क्लबको प्रायोजनमा पनि समस्या हुने देखिएको छ ।

जस्तै नाइकले बार्सिलोनाको नयाँ सिजनका लागि जर्सी सार्वजनिक गर्दा त्यसमा मेस्सी छैनन् । मेस्सी बार्सिलोना बस्ने पक्का नभएको अवस्थामा अन्य केहि प्रायोजकले भने सम्झौता नविकरण नगर्ने सम्भावना रहेको छ ।

May 12, 2024

अल हिलाललाई साउदी लिग उपाधि

एजेन्सी – अल हिलालले साउदी प्रो लिग सिजन २०२३/२४ को उपाधि जित्ने पक्का भएको छ । अल हाजेम विरुद्ध शनिबार भएको खेलमा ४-१ को जित संगै अल हिलालको लिग उपाधि पक्का भएको हो । अल हिलालको जितमा अलेकसान्दर मिट्रोभिचले दुई गोल गरे । यस्तै सर्गेज मिलिन्कोभिच-स्याभिचले एक गोल गरे भने एक गोल अहमद अल जुवाइदको […]

May 12, 2024

मियामीको पुनरागमन जित

एजेन्सी – लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले मेजर लिग सकरमा आइतबार पुनरागमन जित निकालेको छ । २-० ले पछि परेको खेलमा मियामीले मोन्ट्रियललाई ३-२ ले हराएको हो। मियामीका‌ लागि माटियास रोजास, लुइस सुआरेज र बेन्जामिन क्रेमास्चीले समान १ गोल गरे । मोन्ट्रियलका ब्राइस ड्युक र जुल्स एन्थोनी भिल्सेन्टले गोल गरे। ड्युकले २२ औं र […]

May 12, 2024

चेल्सीको नटिङ्घम फरेस्टविरुद्ध पुनरागमन जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले  पुनरागमन जित दर्ता गरेको छ । चेल्सीले नटिङ्घम फरेस्ट विरुद्ध ३-२ को जित दर्ता गरेको हो । आठौ मिनेटमा मुखाएलो मुड्रीकको गोल बाट अग्रता लिएको चेल्सी दुई गोलले पछि परेको थियो । १६औं मिनेटमा डिफेन्डर विली बोलीले फरेस्टका लागि खेलमा बराबरी गरेका थिए भने ७४औं […]

Success

Thank you for your time.