default_image

4 years ago

July 22, 2021

केल्मी र प्रहरी खेलकुद समितिबीच सम्झौता नविकरण

361 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रहरी खेलकुद विकास समिति र खेल सामाग्री उत्पादक स्पेनिस कम्पनी केल्मीबीच प्रायोजन सम्झौता नविकरण भएको छ । यसअघि पुलिसको महिला र पुरुष फुटबल टोलीलाई मात्र प्रायोजन गर्दै आएको केल्मीले महिला र पुरुष भलिबल र महिला बास्केटबल टोलीलाई पनि प्रायोजन गरेको छ ।

प्रहरी खेलकुद समितिका तर्फबाट प्रतिष्ठानका कार्यकारी निर्देशक एवंम् नेपाल प्रहरी खेलकुद विकास समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालीका प्रबन्ध निर्देशक प्रदीप न्यापानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौतामा प्रहरी खेलकुद समितिका प्रहरी उपरीक्षक हेमकुमार थापा र कामरुका प्रमुख कार्यकारी अधिकृत उत्तम न्यौपाने साक्षीका रुपमा रहेका थिए ।अहिलेको सम्झौता ४ वर्षको रहेको बताइएको छ । यसअघिको सम्झौता दुई वर्षको थियो । केल्मीले पुरुष, महिला फुटबल, भलिबल र महिला बास्केटबल टोलीका खेलाडीलार्य जर्सी सेट, मोजा र टि–सर्ट उपलब्ध गराउने छ । त्यस्तै सम्झौतामा पुलिस क्लबको पुरुष टोलीका एक खेलाडीलाई प्रत्येक वर्ष कुनै यूरोपियन फुटबल क्लबसँग अनुबन्धन प्रशिक्षणको व्यवस्था केल्मीले उपलब्ध गराउने पनि उल्लेख छ ।

प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले नेपाल प्रहरीको खेलकुद क्षेत्रको विकास र विस्तारको लागि केल्मीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको जनाउँदै केल्मीसँगको सहकार्यको निरन्तरताको आशा व्यक्त गरे । कामरुका प्रबन्ध निर्देशक न्यौपाने ज्यूले सहकार्यका लागि प्रहरी खेलकुद समितिलाई धन्यवाद दिदै समितिअन्तर्गत रहेका सबै १९ खेललाई भविष्यमा प्रायोजन गर्ने सम्भावना रहेको बताए । केल्मीले नेपाली राष्ट्रिय महिला तथा पुरुष टोलीलाई पनि प्रायोजन गर्दै आएको छ । केल्मीको देशभर १२ वटा आउटलेट रहेका छन् ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.