default_image

3 years ago

July 27, 2021

रोनाल्डो प्रशिक्षणमा फर्किए

44 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो इटालियन महारथी युभेन्ट्सको प्रशिक्षणमा फर्किएका छन् । उनको सरुवाबारे अनेक चर्चा चलेपनि उनी सोमबारदेखि युभेन्ट्सको प्रशिक्षणमा जोडिएका हुन् ।

युरोकप २०२० का कारण ३६ वर्षीय रोनाल्डो युभेन्ट्सको प्रि सिजनमा आउन ढिलाई भएको थियो । अधिकांश स्टार खेलाडीहरु अझै पनि छुट्टीमै रहेका छन् । रोनाल्डो पनि झन्डै एक महिनाको छुट्टी बिताएर क्लबमा जोडिएको हो । रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल प्रि–क्वाटरफाइनलमा बेल्जियमसँग १–० ले पराजित हुदै युरोबाट बाहिरिरएको थियो ।

यो अवधिमा पाँच पटकको बालोन डि ओर विजेता रोनाल्डोको गन्तव्यबारे थुप्रै रुमर्सहरु आएको थियो । सोमबार क्लबको प्रशिक्षणमा जोडिएसँगै उनी यो सिजनसम्म युभेन्ट्समै रहने अनुमान गर्न सकिन्छ । रोनाल्डोलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले विशेष चासो देखाएको थियो ।

रोनाल्डो आइतबार साँझ नै टुरिन पुगेका थिए । उनीमात्रै होइन डच डिफेन्डर म्याथ्थिज डि लेग्ट, फ्रेन्च मिडफिल्डर एड्रिएन राविओट र स्विडिस फरवार्ड डिजान कुलुसेभ्स्की पनि युभेन्ट्सको प्रशिक्षणमा फर्किएका छन् ।

रोनाल्डो सोमबार युभेन्ट्सको टोलीको प्रशिक्षणमा सामेल हुदा उनी आकर्षणको केन्द्र बनेको थियो । युभेन्ट्सको प्रशिक्षण स्थल विनोभोमा उनले समर्थकसँग तस्विरमा रम्दै अटोग्राफ समेत दिएका थिए । उनी युभेन्ट्समा सम्झौताको अन्तिम सिजनमा रहेको छ । सम्झौता नविकरणको लागि पनि उनलाई खुला छ ।

क्लबका उपाध्यक्ष पाभेल नेडभेडले रोनाल्डो हामीसँगै रहने यसअघि नै बताइसकेका थिए । २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिड छाड्दै युभेन्ट्स पुगेका रोनाल्डोले ३ सिजनमा १३३ खेलमा १०१ गोल गरेका छन् । दुई सिरी ‘ए’ को उपाधि पनि जितेका छन् ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.