default_image

3 years ago

July 30, 2021

एन्फाको बाहिर नै सिमित रहेको ‘इन्द्रेणी’

सुबास हुमागाईं, काठमाडौं ‘आफ्टर एभ्री स्टर्म दिएर इज अ रेन्बो’ अर्थात हरेक आँधीबेहरीपछि इन्द्रेणी आउँछ । इन्द्रेणी अर्थात आशा, केहि कठिन समयपछि केहि राम्रो हुन्छ भन्ने संकेत । निकै कठिन परिस्थितिमा जुझिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) परिसरमा शुक्रबार इन्द्रेणी त देखियो, तर त्यसको सांकेतिक नतिजा एन्फाभित्र चलेको बैठकमा भने देखिएन । एन्फाभित्र शुक्रबार प्रशिक्षक अब्दुल्लाह […]

73 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

‘आफ्टर एभ्री स्टर्म दिएर इज अ रेन्बो’ अर्थात हरेक आँधीबेहरीपछि इन्द्रेणी आउँछ । इन्द्रेणी अर्थात आशा, केहि कठिन समयपछि केहि राम्रो हुन्छ भन्ने संकेत । निकै कठिन परिस्थितिमा जुझिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) परिसरमा शुक्रबार इन्द्रेणी त देखियो, तर त्यसको सांकेतिक नतिजा एन्फाभित्र चलेको बैठकमा भने देखिएन ।

एन्फाभित्र शुक्रबार प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङको विवाद समाधानका लागि आपतकालीन बैठक चलिरहँदा बाहिर इन्द्रेणी देखियो । तर बैठकभित्र भने सायदै कुनै आशालाग्दो निर्णय निस्कन सकेन । फेसबुकमा प्रशिक्षक अलमुताइरीले लगाएको आरोपबारे वरिष्ठ उपाध्यक्ष नेम्बाङले छानबिनको मागसहित निवेदन दिएका थिए । बिहीबार प्रशिक्षकले पनि वरिष्ठ उपाध्यक्ष र दुई संचारकर्मीमाथि छानबिन हुनुपर्ने मागसहित निवेदन दर्ता गराए ।

एन्फाले डाकेको आपतकालीन बैठकमा संघका मनोनित सदस्यलाई समेत स्थान दिइएन । तर बैठकमा स्वयं प्रशिक्षकलाई भने बोलाइयो । तर नेम्बाङका अनुसार प्रशिक्षकले बैठकमा निकै खराब व्यवहार गरे । उनले आफ्नो निवेदन पढेर भनाइ राखेपछि वरिष्ठ उपाध्यक्ष र संचारकर्मीको निवेदन वाचन नसकिंदै बैठक छाडेर निस्किए । सायद यो सबै संचारकर्मीबाट लुकाउन होला, एन्फा परिसरबाट नै संचारकर्मीलाई बाहिर निकालिएको थियो ।

सुरुवातमा त बैठकबारे समाचार संकलनका लागि उपस्थित सबै संचारकर्मीलाई बैठक कक्षमा स्थान दिइयो । पूर्वजानकारी अनुसार सुरुवाती १० मिनेट बैठक कक्षमा रहेपछि सबै संचारकर्मी नियमअनुसार बाहिरिए । बैठकको निर्णयको प्रतीक्षामा बाहिर बसेका सबै संचारकर्मीलाई त्यसपछि एन्फा परिसरबाट नै बाहिर निकाल्न भनियो । एन्फाको आग्रहअनुसार बाहिर गएका संचारकर्मीलाई पछि निर्णय लिन भित्र पस्न खोज्दा भने पुन: छिर्न दिइएन । पटक पटक प्रयास गर्दा एकले अर्कालाई औंला देखाउने कार्य भयो तर एन्फाको गेटमा राखिएका बाउन्सरले समाचार संकलनका लागि प्रवेश दिएनन् ।

वर्षा हुन थालेपछि भने एन्फाको पार्किङ क्षेत्रसम्म संचारकर्मीलाई स्थान दिइयो । यसबीचमा प्रशिक्षक अलमुताइरी दुई पटक एन्फा भवनबाट निस्किएर एकेडेमी तर्फ गए । केहि समयपछि उनी एन्फाबाट नै बाहिरीए । त्यसको केहि समयपछि नेम्बाङसँगै उपाध्यक्षद्वय कृष्ण थापा र वीरबहादुर खड्का तथा सदस्य दावा लामापनि बैठक छाडेर बाहिरीए ।

बैठकमा प्रशिक्षकको प्रस्तुति र अध्यक्ष कर्माछिरिङ शेर्पाको पटक पटक फेरिएको निर्णयलाई लिएर नेम्बाङ पक्ष असन्तुष्ट थियो । नेम्बाङले व्यक्तिगत रुपमा आफूले घटना बिर्सने भएपनि संस्थागत रुपमा सहि निर्णय गर्नुपर्ने अडान राखे । उपाध्यक्ष खड्काले पनि नेपाली फुटबलको हितमा निर्णय गर्न आग्रह गर्दै बैठक छाडेको बताए ।

यता अध्यक्ष शेर्पाले भने नेपाली फुटबल विकासकै लागि यो निर्णय लिइएको बताए । अब छानबिनको जिम्मेवारी युवा तथा खेलकुद मन्त्रालयको हातमा पुगेको छ । हालसम्म मन्त्री नै नपाएको मन्त्रालयको सचिव हाल जापानमा जारी टोकियो ओलम्पिकमा छन् । नेपाल ओलम्पिक कमिटीको अट्याची बनेर ओलम्पिक पुगेका उनले खेलकुद कति बुझेका छन् भन्ने उनले दिएका केहि अभिव्यक्तिले प्रष्ट हुन्छ । नेपालले ओलम्पिक पदक जित्नुपर्ने बताउने उनी खेलकुद मन्त्रालयमा आएको केहि महिना मात्र भएको छ ।

एन्फा प्रवक्ता किरण राईले कार्यसमिति बैठकको निर्णय सुनाउने क्रममा साफ च्याम्पियनसिप, राष्ट्रिय टोलीको तयारी र छानविनको विषयमा अभिव्यक्ति दिए । यसपछि उनले बैठक दौरान भएको संचारकर्मीमाथिको व्यवहारबारे आफूलाई थाहा नभएको र त्यसको लागि माफी पनि मागे । उनले आफूलाई मिडिया विभागबाट सहि सूचना नआएको र यस्तो व्यवहार भएकाले आउने दिनमा यस्तो घटना नदोहोरिने पनि जानकारी दिए । केहि समययता पटक पटक एन्फाको मिडियामै समस्या आइरहेको अवस्थामा प्रवक्ता राइले यसो भन्दा उनले जिम्मेवारी वहन गरेको प्रष्ट हुन्थ्यो । उनले गल्ती सच्याउने प्रण गरेपछि विषय टुंगियो ।

यस्तै विवाद टुंगिने निर्णय गर्न एन्फा भने संस्थागत रुपमा चुकेको छ । मन्त्रालयलाई छानबिन गराउने निर्णय गरेर विवाद थप लम्ब्याउने पक्का छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको अवस्थामा प्रशिक्षक उपस्थित नहुँदा टोलीको तयारीमा प्रत्यक्ष असर त परेको छ नै । यसले समग्र टोलीकै मनोबलमा असर गर्छ । जति ढिला निर्णय, त्यति धेरै असमझदारी बढ्ने देखिन्छ । नेपाली फुटबलको विकासका लागि यो समयमा दुवै पक्षले व्यक्तिगत विषय अलग राखेर बस्नु नै उचित हुने हो । तर एन्फाको निर्णयले त्यस्तो संकेत गरेन ।

एन्फाको आजको निर्णयले विवादलाई अझै पर धकेलेको छ । यसैपनि फिफा र एएफसीको विधानमा यस्ता विवाद समाधानका लागि फिफा/एएफसीले मान्यता दिएको अथवा स्वतन्त्र समितिले छानबिन गर्नुपर्ने लेखिएको छ । सरकारलाई यस विषयमा घिसार्नुले अर्को समस्या पैदा नगर्ला भन्न सकिन्न । एन्फामा बैठक चल्दाको इन्द्रेणीले वातावरणको शोभा बढायो । एन्फाभित्रकै कर्मचारी र बैठकबाहिर रहेका मनोनित पदाधिकारीले छतबाट तस्बिर पनि लिए । तर त्यसअनुरुप एन्फाभित्र भने बैठकको निर्णयले भने अर्को मोड लियो । छानबिनले एक पक्षमा निर्णय त दिन्छ, तर यसबीचमा फुटबलले भने निराशाबाहेक सायदै केहि पाउला ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.