default_image

4 years ago

September 9, 2021

नेपालले उतारेको ‘१२ औं’ खेलाडी पुनम, जो करिअरकै दोसाँधमा छिन्

356 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले विहीबार दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको डेब्यू गर्यो । बंगलादेशविरुद्ध खेलमा नेपाली टोलीको लाइनअप मैदान प्रवेश गर्ने क्रममा १२ खेलाडी मैदान छिरे । राष्ट्रिय गान सकिएसँगै डिफेन्डर पुनम जर्घा मगर लाइनअपबाट अलग्गिएर पुन: बेन्च फर्किइन् ।

राष्ट्रिय गानमा सरिक नेपालका १२ जना खेलाडी, तेस्रोमा पुनम

पछिल्लो समय राष्ट्रिय टोलीको डिफेन्समा लगातार खेल्दै आएकी पुनम गल्तीले लाइनअपमा गएकी भने थिइनन् । नियमित रुपमा खेलिरहेको खेलाडी एक्कासी मैदान प्रवेश गरेर बाहिरिंदाको कारण भने निकै दु:खद छ । प्रशिक्षक ग्यारी फिलिप्सले पोस्ट म्याच कन्फरेन्समा पुनमको स्वास्थ्य अवस्थाका कारण अब उनले पुन: फुटबल खेल्न नसक्ने अवस्था आउन सक्ने बताए ।

‘पुनमको बारेमा हामीले हिजो मात्र जानकारी पाएका छौं । उनी अब भोली पुन: परिक्षणमा जानेछिन् । तर हामीले जे जानकारी प्राप्त गर्यौं, त्यो सुखद छैन,’ फिलिप्सले निराश हुँदै भने,’ उनको स्वास्थ्य समस्याका कारण उनले अब फेरि मैदानमा फर्कन सक्दिनन् । उनी अब हामीसँग उज्बेकिस्तान जाने छैनन् । आशा गरौं भोलिको परिक्षणबाट उनको स्वास्थ्य स्थिति ठिक हुनेछ । तर अब उनले फुटबल खेल्न सक्दिनन् ।’

सन् १९८६ मा अन्तर्राष्ट्रिय फुटबल खेलेको नेपालले २५ वर्षपछि दशरथ रंगशालामा खेल्न पाउँदा राष्ट्रिय टोलीमा पछिल्लो समय नियमित खेलिरहेकी पुनम फिलिप्सको भनाइ मान्ने हो भने आफ्नो करिअरमा अन्तिम पटक मैदान प्रवेश गरिन् । प्रशिक्षक फिलिप्सले टोलीले उनलाई विशेष सम्मानस्वरुप त्यो अवसर दिएको बताए ।

‘हामीले उनको स्वास्थ्य अवस्थाबारे जानकारी पाएपछि के गर्न सकिन्छ भन्ने छलफल गर्यौं । उनले नै टोलीलाई मैदानभित्र लिड गर्ने भनेका थियौं । राष्ट्रिय गानमा सरिक भएपछि योजनाअनुसार नै बेन्चमा फर्किइन्, हामीले गर्न सक्ने सम्मान दिएका हौं,’ प्रशिक्षक फिलिप्सले भने ।

अन्तर्राष्ट्रिय फुटबलमा पनि पटक पटक सम्मानस्वरुप विभिन्न खेलाडी एवं कतिपय अवस्थामा खेलाडीका नजिकका नातेदारलाई यस्तो सम्मान दिने गरिन्छ । नेपाली फुटबलमा झन्डै एक दशकयता खेल्दै आएकी पुनमका लागि पनि टोलीले सम्मान गर्ने निर्णय गरेको थियो । पुनम यसक्रममा निकै भावुक पनि देखिएकी थिइन् । खेलाडीले राष्ट्रिय गान सकिएपछि उनी बेन्च फर्कंदा ताली बजाएर सम्मान दिएका थिए ।

मैदान प्रवेश गर्ने क्रममा पुनम

पुनमको स्वास्थ्यमा के कस्तो समस्या रहेको यकिन भन्न शुक्रबार गरिने परिक्षणको नतिजा कुर्नुपर्ने छ । तर फिलिप्सको संकेत बुझ्दा राष्ट्रिय टोलीले यसै साता गराएको प्रि-टुर्नामेन्ट मेडिकल एसेसमेन्ट (पिएमसिए) अर्थात् प्रतियोगिता खेल्नुअघि गरिने स्वास्थ्य परिक्षणमा केहि समस्या आएको हुनसक्ने आँकलन गरिएको छ । परिक्षणमा खेलाडीको सम्पूर्ण स्वास्थ्य परिक्षण गरिने र यसमा केहि समस्या आए खेलअघि नै सावधानी अपनाउने गरिएको छ ।

राष्ट्रिय टोलीले रंगशालामा डेब्यू गर्दाको क्षण २-१ को जितसँगै यादगार बन्यो । खेलमा प्रिती राई र सविता रानाले डेब्यूमा गोल पनि गरे । दोस्रो हाफमा रश्मी कुमारी घिसिङ र सृजना सिंहले डेब्यू पनि गरे । तर पुनमका लागि यदि यो नै राष्ट्रिय खेलाडीको रुपमा अन्तिम खेल थियो भने उनले १२ औं खेलाडीको रुपमा रंगशाला प्रवेश सदा याद राख्नेछिन् ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.