default_image

3 years ago

October 19, 2021

एट्लेटिको म्याड्रिड र लिभरपुल भिड्दै

218 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समुह चरणको खेलमा आज राति स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले घरेलु मैदानमा इंग्लिस क्लब लिभरपुलको आतिथ्यता गर्दैछ ।

खेल वान्डा मेट्रोपोलिटानोमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । घरेलु मैदानमा हुने खेलमा एट्लेटिको अपराजित यात्रालाई कायमै राख्दै समूहमा शीर्षस्थानमा उक्लने दाउँमा हुनेछ । लिभरपुललाई हराउन सके एट्लेटिकोले लिभरपुललाई नै पछि पार्दै शीर्षस्थानमा उक्लनेछ । दुई चरणको खेल सकिदा एट्लेटिको ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । लिभरपुलको ६ अंक छ ।

टोलीसँग लुइस सुआरेज, जोआओ फेलिक्स, यान्निक कारास्को, थोमस लेमार, कोकी, रोड्रिगो डि पउल, काइरन ट्रिपिएर, मारियो हर्माेसो, जियोफ्रे कोनडोगविया, फिलिपे र गोलरक्षक जान ओब्लाक रहेका छन् । यस्तै एन्टोइन ग्रिजमन, रेनान लोडी र एन्जल कोरेआ टोलीमा रहँदा चोट र प्रतिबन्धका कारण म्याथिअस कुन्हा र स्टेफन सभिक टोलीमा हुने छैनन् ।

यता, लिभरपुल पनि घरेलु टोली एट्लेटिकोलाई हराउँदै लगातार तेस्रो जित निकाल्दै समूहमा आफ्नो शीर्षतालाई थप बलियो बनाउँदै नकआउट चरण पुग्ने सम्भावनालाई बलियो बनाउन चहान्छ । एट्लेटिकोलाई हराउन सके लिभरपुलको ९ अंक पुग्नेछ ।

टोलीसँग साडियो माने, मोहम्मद सलाह, रोबर्टाे फिर्मिनो, नावी केइटा, फाविन्हो, जोर्डन हेन्डरसन, एन्ड्रिउ रोबर्टसन, भर्जिल भान डाइक, जोएल मटिप, ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड र गोलरक्षक एलिसन बेकर रहेका छन् । यसबाहेक टोलीसँग जेम्स मिल्नर, निको विलियम्स, डिएगो जोटा डिभोक ओरिगी रहेका छन् ।

यि दुई टोली हालसम्म तीनपटक एक आपासमा भिडेका छन् । पेनाल्टी सुटआउटसहित सबै तीन खेलमा नै एट्लेटिको विजयी भएको छ । एट्लेटिको लिभरपुलविरुद्धको सोही अपराजित यात्रालाई निरन्तरता दिने योजनामा रहँदा लिभरपुल एट्लेटिकोविरुद्ध जितको लक्ष्यमा मैदान उत्रनेछ ।

यही समूह ‘बी’ को अर्काे खेलमा इटालियन क्लब एसी मिलानले पोर्चुगिज क्लब एफसी पोर्टाेको सामना गर्दैछ । मिलान पहिलो जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना जीवितै राख्ने योजनामा रहँदा पोर्टाे मिलानलाई स्तब्ध पार्ने लक्ष्यमा हुनेछ ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.