default_image

3 years ago

October 19, 2021

भेट्रान्स कपको खेल तालिका सार्वजनिक

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फुटबलर्स मिसन टुगेदरको आयोजनामा हुन लागेको मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक फुटबलर्स मिसन टुगेदरले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत सहभागी टोली, समूह विभाजन र खेल तालिका सार्वजनिक गरेको छ । मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ६ देखि १६ कात्तिकसम्म आयोजना हुदैछ । सहभागी २१ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ ।

हरेक समूहका शीर्ष ७ टोलीसँगै सात समूह उपविजेतामध्ये एक उत्कृष्ट दोस्रो हुने टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छ । समुह चरणको खेल ११ कात्तिकसम्म हुनेछ । क्वाटरफाइनलका खेल १२ कात्तिकमा हुनेछ । सेमिफाइनल १४ कात्तिकमा हुनेछ । फाइनल १६ कात्तिकमा हुनेछ ।

मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा ४० वर्षमाथिको खेलाडी हुनुपर्नेछ । ३ जना ३५ वर्षमाथिको खेलाडी राख्न पाउने प्रावधान रहेको छ । उद्घाटन खेलमा नेपाल आर्मी भेट्रान्स र फुटबल फेलोसिपबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

समूह विभाजन

समूह ‘ए’ – नेपाल आर्मी भेट्रान्स, फुटबल फेलोसिप र फर्पिङ स्पोर्ट्स

समूह ‘बी’ – एनआरटी, भनिमन्डल भेट्रान्स र वि आर ब्रदर्श

समूह ‘सी’ – फ्रेन्ड्स क्लब, एसएनकेसी र बौद्ध भेट्रान्स

समूह ‘डी’ – खुमल भेट्रान्स, ललिपुर वडा नम्वर १४ र साइनिङ सन

समूह ‘ई’ – काभ्रे भेट्रान्स, हेटौडा नगरपालिका र झापा एफसी

समूह ‘एफ’ – चितवन भेट्रान्स, चितवन पश्चिम र बुटवल नगरपालिका सिटी

समूह ‘जी’ – झम्सिखेल भेट्रान्स, श्री कुमारी क्लब र पोखरा भेट्रान्स

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.