default_image

3 years ago

October 19, 2021

फाती बार्सिलोनाको वर्तमान र भविष्य

85 views

0 Bookmark

एजेन्सी – पेड्रीसँग गत साता सम्झौता नविकरण गरेको बार्सिलोनाले अबको केहि दिनमा आन्सु फातीले पनि नयाँ सम्झौता गर्ने अपेक्षा राखेको छ । फाती र क्लब दुई पक्षबीच सम्झौता नविकरणका लागि सैद्दान्तिक सहमति भएको बताइएको छ ।

नयाँ सम्झौता पाँच वर्षको हुनेछ । सोही अनुरुप भएको खण्डमा फाती सन् २०२७ सम्मा बार्सिलोनामा हुनेछन् । बार्सिलोनाले उनलाई भविष्यको मुख्य खेलाडीका रुपमा आफ्नो योजनामा राखेको छ । सञ्चारमाध्यमका अनुसार फातीका एजेन्ट जार्जे मेन्डिस र बार्सिलोनाका फुटबल निर्देशक माटेउ अलिमेनीबीच नयाँ सम्झौताका विषयमा हालै छलफल भएको थियो । गत साता पनि यि दुई बीच भेट भएको बताइएको छ ।

फाती वर्तमान र भविष्य दुवै

लामो समय चोटका कारण मैदान बाहिर रहेका फातीले हालै पूनरागमन गरेका छन् । फर्केपछि उनले २ खेलमा २ गोल गरिसकेका छन् । १८ वर्षे युवा प्रतिभावान खेलाडीमाथि युरोपका थुप्रै क्लबले चासो देखाएका छन् । तर उनी विक्रीमा नरहेको बार्सिलोनाले बताउँदै आएको छ ।
पेड्री, गाभी, रोनाल्ड अराउजो र फातीलाई अध्यक्ष जोन लापोर्टाले बार्सिलोनाको भविष्यका रुपमा हेरेका छन् । उनीहरुलाई केन्द्रमा राखेर आउने केहि वर्षमा टोली तयार हुने विश्वास लिएको छ ।

विशेषगरी फातीलाई क्लबले नयाँ युगको नायकका रुपमा लिएको छ । मेस्सीको प्रस्थानपछि जर्सी नम्बर १० उनलाई दिनुले पनि क्लबले उनीमाथि कति अपेक्षा राखेको छ भन्ने आँकलन गर्न सकिन्छ । राष्ट्रिय टोलीका लागि पनि महत्त्वपूर्ण सदस्यको रुपमा अघि आएका फाती ला मासियाको अनुहार बन्ने देखिन्छ ।

अगुएरोको डेब्यु र कोउटिन्होको पुनरागमन

लामो पखाई पछि सर्जियो अगुएरोले डेब्यू गरेको खेलमा फिलिपे काउटिन्होले झण्डै एक वर्षपछि पहिलो गोल निकाल्न सफल हुँदा बार्सिलोनाले ला लिगामा विजय हासिल गरेको थियो । काउटिन्होले आइतबार खेलको अन्त्यतिर गोल गरेपछि बार्सिलोनाले भ्यालेन्सियालाई ३–१ ले हराएको थियो ।

सिजनको सुरुवातमा म्यानचेस्टर सिटीबाट बार्सिलोना पुगेका अगुएरो चोटका कारण मैदान बाहिर रहँदै आएका थिए । खेल सकिन ३ मिनेट बाँकी रहँदा अगुएरोले बार्सिलोनाबाट डेब्यू गरेका थिए । त्यसअघि नै कोउटिन्होसहितको गोलमा बार्सिलोनाले जित पक्का गरिसकेको थियो । उनले पोष्टको नजिकबाट गोल गरेका थिए ।

त्यसअघि पहिलो हाफमै आन्सु फातीले १३ औं मिनेटमा बराबरी र मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अघि बढाएका थिए ।खेल सुरु भएको पाँचौं मिनेटमै जोसे गायाको गोलमा भ्यालेन्सियाले अग्रता लिएको थियो । तर त्यसलाई जोगाउन सकेन । चोटमुक्त भएर फर्केपछि पहिलो पटक सुरुवाती ११ मा परेका फातीले एजबाट बराबरी गोल गरेका थिए । उनलाई नै विपक्षी खेलाडीले फाउल गरेपछि प्राप्त पेनाल्टीमा डिपाएले गोल गरे ।

भ्यालेन्सियाका लागि बराबरीका लागि प्रयास गरिरहँदा काउटिन्होले गोल गरेपछि बार्सिलोनाको जित निश्चित भएको थियो । गत नोभेम्बर यता काउटिन्होको त्यो पहिलो गोल थियो । त्यति बेला ओसासुनलाई ४–० ले हराउँदा उनले गोल गरेका थिए । जितपछि १५ अंकका साथ बार्सिलोना सातौं स्थानमा उक्लेको छ । शीर्षस्थानको रियल सोसिडाडभन्दा टोलीले ५ अंकले पछाडि छ ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.