4 years ago
January 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एएफसी फुटसल एसियन कप क्वालिफायरको समूह ‘बी’ मा परेको छ । बिहीबार निकालिएको ‘ड्र’ मा सेन्ट्रल तथा साउथ जोनमा नेपाल उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेको समूह ‘बी’ मा परेको हो ।

समूह ‘ए’ मा इरान, आयोजक किर्गिस्तान, तुर्केमिनिस्तान र माल्दिभ्स परेका छन् । प्रतियोगिता अन्तर्गत साउथ तथा सेन्ट्रल जोनको दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०२२ मा कुवेतमा हुने एएफसी फुटसल एसियन कपमा स्थान बनाउनेछन् । यस क्षेत्रबाट कुल ४ टोली छनोट हुँदा पश्चिमबाट ५, पुर्वबाट ३ तथा आसीआन क्षेत्रबाट ३ टोली छनोट हुनेछन् । आयोजक कुवेत अन्तिम चरणका लागि छनोट भइसकेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत फुटसल कमिटिले गत सोमबार एएफसी फुटसल एसियन कप क्वालिफायरका लागि ३२ खेलाडी सम्मिलित प्रारम्भिक टोली घोषणा गरिसकेको छ । फुटसल टोलीमा मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार प्रारम्भिक टोलीमा ३२ खेलाडीलाई समेटेका हुन् । प्रशिक्षक बस्नेतले गत सेप्टेम्वर १८ देखि अक्टोवर ८ सम्म पोखरामा भएको ‘ए’ डिभिजन राष्ट्रिय लिग र प्रदेश छनोटमा गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको बताएका छन् । उनले प्रदेश छनोटको आधारमा पनि खेलाडी छनोट गरेका थिए ।
बन्द प्रशिक्षण ७ जनवरीदेखि काठमाडौंमा सुरु हुनेछ । पहिलो चरणपछि प्रशिक्षण पोखरामा पनि हुनेछ । एएफसी फुटसल एसियन कप क्वालिफायर किर्गिस्तानमा १ देखि १५ अप्रिलमा हुँदैछ ।
बन्द प्रशिक्षणमा डाकिएका खेलाडी
गोलरक्षक – अनिष श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सन्जिव तामाङ र सुमित कुमार आले
फिक्सो – अरुज सिंह, विजय श्रेष्ठ, विक्कु तामाङ र सरोज तामाङ
पिभोट – अविनाश तामाङ, विक्रान्त नरसिंहराना, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किहोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के र सुशान श्रेष्ठ
एला – आदिल हामिद, अमित लामा, जेनिस प्रजापति, किरण चौधरी, क्रिजल श्रेष्ठ, मणि कुमार लामा, मनोज गुरुङ, रन्जित गुरुङ, रोशन छन्तयाल, सुमित श्रेष्ठ, सुरज गुरुङ र उर्केन शेर्पा

September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]