8 years ago
March 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सामाजिक उद्यम संस्था ‘युथ लेजेन्ड नेपाल’ले यही शनिबार राजधानीमा महिला फुटसलको आयोजना गर्ने प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।
विगत करिब चार वर्षदेखि युवा सशक्तिकरणको क्षेत्रमा कार्यरत ‘युथ लेजेन्ड नेपाल’ले चैत्र १७ गते राजधानीमा ‘फ्लाइटेक’ महिला फुटसल प्रतियोगिताको आयोजना गर्दै छ । विभिन्न क्षेत्रका महिला समावेश हुने यस प्रतियोगिताले महिला सशक्तिकरण र लैंगिक समानतालाई मूलधारमा ल्याउने उद्देश्य बोकेको छ ।
प्रतियोगिताका समूह चरणका साथै, क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल शनिबार नै सामाखुशी फुटसलमा खेलिनेछन् । यस प्रतियोगितालाई फ्लाइटेक इन्टरनेसनलले मुख्य प्रायोजन गरेको छ भने रेड बुलले सहप्रायोजन गरेको छ । प्रतियोगिताका विजेता तथा उपविजेताले ट्रफीसहित मेडल पाउने छन् भने उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि ट्रफी प्रदान गरिनेछ ।
“प्रतिस्पर्धी कतिपय महिला खेलाडीहरु पहिलो पटक जसो फुटसल खेल्दै छन् । फुटसल पुरुषको मात्र खेल हो भन्ने अवधारणाको पनि हामी अन्त्य गर्न चाहन्छौं ,” इभेन्ट निर्देशक मोहन घिमिरेले बताए । यस प्रतियोगितामार्फत प्रतिस्पर्धी महिलाहरुमा नेतृत्व क्षमताको पनि उजागर हुने आफूले विश्वास राखेको घिमिरेले जानकारी दिए ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]