7 years ago
December 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अंकुर विद्याश्रमले यू १२ अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । एपेक्स लाइफ स्कुलद्धारा आयोजित प्रतियोगिताको शुक्रबार भएको फाइनलमा रेडियन्ट पब्लिक स्कुललाई १–० हराउँदै अंकुरले उपाधि जितेको हो ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले खेलकुदका माध्यमबाट विद्यार्थीको प्रतिभा प्रदर्शन गर्ने अवसर मिलेको बताए । उनले यस्ता प्रतियोगिताहरुले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको सन्देश दिनेमात्र नभइ नवप्रतिभाहरुको पहिचान गर्ने अवसर मिलेको उल्लेख गरे ।
प्रतियोगितामा एपेक्स लाइफ स्कुल, युरो स्कूल, किड्स लर्निङ स्कुल, द एक्सलिएर स्कुल, रेडियन्ट पब्लिक स्कुल, अंकुर विद्याश्रम, शुभतारा स्कुलले भाग लिएका थिए । त्यस्तै जोसेफ हाई स्कुल, सिद्धार्थ बनस्थली स्कुल, पनिनि स्कुल, मेरिडियन इन्टरनेशनल स्कुल र प्रिमियर इन्टरनेशनल स्कुलले पनि प्रतिस्पर्धा गरेका थिए ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]