7 years ago
December 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यद्वय रोहित चन्द र किरण चेम्जोङ शनिबार सम्मानित भएका छन् ।
रोहितले पर्सिजा जकार्ताबाट इन्डोनेसिया लिगको उपाधि जित्दै सर्वोत्कृष्ट खेलाडी उपाधि जितेका थिए । किरणले भने माल्दिभ्सको धिवेही प्रिमियर लिग उपाधि जित्दै लिगको उत्कृष्ट गोलरक्षक चुनिए । दुवै खेलाडीलाई समाज कल्याण खेलकुद केन्द्रले सम्मान गरेको हो ।
समाज कल्याणले आफ्नो एकेडेमीको दिक्षान्त समारोहको अवसर पारेर दुई खेलाडी सम्मान गरेको हो । केन्द्रले वर्षेनी दुई पटक साप्ताहिक प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएको छ । कार्यक्रममा मनाङ मर्स्याङदी क्लबका खेलाडीहरु विशाल श्रेष्ठ, सुजल श्रेष्ठ र विशाल राई लगायत पनि उपस्थित थिए ।
कार्यक्रममा १० वर्ष मुनिका खेलाडीहरुले उपस्थित खेलाडीहरुसँग अन्तरक्रिया पनि गरेका थिए ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]