7 years ago
February 2, 2019
दिपक न्यौपाने, बुटवल
एनएमबी बैंकले चौथो एमजी कप कर्पोरेट फुटसल प्रतियोगिता–२०७५को उपाधि जितेको छ । रोटरी क्लब अफ रुपन्देही र रोट्रयाक्ट क्लब अफ रुपन्देहीको संयुक्त आयोजना तथा युनिक फुटसलको प्राविधिक सहयोगमा शनिबार सम्पन्न खेलमा फाइनलमा मेगा बैंकलाई पराजित गर्दै एनएमबी बैंकले उपाधि जितेको हो ।

उपाधिसँगै एनएमबीले नगद १५ हजार सहित प्रमाणपत्र,शिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेता बन्न सफल मेगा बैंकले नगद रु १० हजार सहित प्रमाणपत्र,शिल्ड र मेडल प्राप्त गरेको रोटरीका सदस्थ तथा प्रतियोगिताका संयोजक गौतम भुषालले जानकारी गराए ।
यस क्षेत्रमा रहेका वित्तिय तथा व्यवसायिक संघसंस्था बीच खेलको माध्यमबाट भेटघाट, सदभाव र सम्बन्ध सुदृढ गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिता सौहार्द रुपमा सफल भएको रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष हरि प्रसाद न्यौपानेले बताए । प्रतियोगितामा स्थानीय दश समूहको सहभागिता रहेको रोट्रयाक्ट क्लब अफ रुपन्देहीका सदस्य तथा प्रतियोगिताका अर्का संयोजक राजेश खरेलले जानकारी गराए ।
सधैं व्यापार,व्यवसायमा र पेशागत कार्यमा व्यस्त रहने व्यक्तिहरुका लागि शारिरिक, स्वास्थ्य, मनोरञ्जनसँगै आपसमा सदभाव बढाउनका लागि आयोजना गरिएको फुटसल प्रतियोगिता उत्साहनक सहभागितामा सम्पन्न भएको रोट्रयाक्ट क्लब अफ रुपन्देहीका अध्यक्ष सुरेश भण्डारीले बताए ।
यूरोपियन ब्राण्ड एम जी कार मुख्य प्रायोजक र पाठक सिमेण्ट सह–प्रायोजक रहेको प्रतियोगिता तिलोत्तमा ५ मणिग्राम स्थित नयाँ एवम् आधुनिक यूनिक फुटसल मैदानमा सम्पन्न भएको हो । हालै निर्माण सम्पन्न सो मैदानको शनिबार नै समुद्घाटन गरिएको हो । बुटवल ,भैरहवा र तिलोत्तमा फुटसलप्रेमीहरुलाई लक्षित गरी करिब एक करोडमा यूनिक फुटसलको स्थापना गरेको प्रोपराइटर रमेश डुम्रेले बताए ।
प्रतियोगितामा तिलोत्तमा नगरपालिका, तिलोत्तमा उद्योग वाणिज्य संघ र तिलोत्तमा व्यापार संघको विशेष सहयोग रहेको प्रतियोगिताका संयोजक भुषालले बताए ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]