default_image

7 years ago

February 14, 2019

युथ लेजेन्ड नेपालले पुरुष फुटसल आयोजना गर्ने

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सामाजिक उद्यम संस्था ‘युथ लेजेन्ड नेपाल’ले आगामी फाल्गुन ११ र १८ गते कर्पोरेट तथा नन-प्रोफिट संस्थाहरुको पुरुष फुटसल आयोजना गर्ने भएको छ ।

दुई दिने प्रतियोगितामा सहभागी टोलीहरुलाई ४ समूहमा विभाजन गरिने छ । त्यसपछी क्वाटरफाइनल, सेमिफाइनल हुंदै विजयी टोलीले फाइनलको यात्रा तय गर्ने छन् । प्रतियोगिताका विजेता तथा उपविजेताले ट्रफीसहित मेडल पाउने छन् भने उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि ट्रफी प्रदान गरिनेछ ।

“कर्पोरेट तथा नन-प्रोफिट क्षेत्रमा कार्यरत विभिन्न संस्थालाई खेलकुदको माध्यमले संगै ल्याउने हाम्रो उद्येश्य हो ,” इभेन्ट निर्देशक पोशन ज्ञवालीले भने । खेलकुद तथा शारिरीक क्रियाकलापद्वारा मानसिक स्वस्थ, आत्मविश्वास, नेतृत्व पनि सुधार हुने र यसले अझ बढि अवसरहरु सिर्जना हुने भएकाले यस प्रतियोगिता आयोजना गर्न लागिएको इभेन्ट निर्देशक ज्ञवालीले बताए ।

युथ लेजेन्ड नेपाल विगत करिब चार वर्षदेखि युवा सशक्तिकरणको क्षेत्रमा कार्यरत संस्था हो ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.