7 years ago
March 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युथ लेजेन्ड नेपालद्वारा आयोजित पहिलो युथ लेजेन्ड कप : पुरुष कर्पोरेट फुटसलको उपाधि नेको इन्सुरेन्स लिमिटेडले जितेको छ ।

शनिबार भोटेबहाल फुटसलमा आयोजित प्रतियोगिताको फाइनल खेलमा नेकोले क्लाउडफेक्ट्रीलाई सडेन डेथमा हराउन सफल भएको हो । नियमित समय १-१ को बराबरीमा सकिएपछि थप गरिएको अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न असफल रहे ।
नेकोले सेमिफाइनलमा नक्सालाई ६-१ को अन्तरले हराउंदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । त्यस्तै उपविजेता क्लाउडफेक्ट्रीले एनसीसी बैंकलाई ४-१ को अन्तरले पराजित गरेको थियो ।
विजेता टोलीका क्षितिज सुवेदी सर्वाधिक गोलकर्ता रहन सफल भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी क्लाउडफेक्ट्रीका पुरुशोत्तम तुलाधर चुनिए ।
प्रतियोगितामा कुल १२ टोलीको सहभागिता रहेको थियो । लिग-कम नकआउट प्रतियोगितामा टोलीहरुलाई ४ समूहमा विभाजन गरिएको थियो ।
आयोजक युथ लेजेन्ड नेपाल विगत करिब पांच वर्षदेखि युवा सशक्तिकरणको क्षेत्रमा कार्यरत संस्था हो ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]