default_image

7 years ago

March 28, 2019

युनियन र संगठन मिडिया कपको फाइनलमा

241 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रेस युनियन र प्रेस संगठन नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा आयोजित मिडिया कप फुटसल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

शान्तिनगरस्थित शान्तिनगर फुटसलमा बिहीबार भएको सेमिफाइनलमा प्रेस युनियनले उपाधिको दावेदारको रुपमा हेरिएको नेपाल टेलिभिजनलाई तथा प्र्रेस संगठनले इमेज च्यानललाई पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । फाइनल शुक्रबार हुने महासंघका सचिव एवम् फुटसल प्रतियोगिताका संयोजक प्रकाश थापाले जानकारी दिए ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा प्रेस युनियनले नेपाल टेलिभिजनमाथि ३–२ को संघर्षपुर्ण जित निकाल्यो । प्रेस संगठनको जितमा निशान राई, सविन राई र सविन श्रेष्ठले गोल गरे । नेपाल टेलिभिजनका प्रज्वल शाक्य र राजेश थापामगरले गोल गरे ।

यस्तै दोस्रो सेमिफाइनलमा प्रेस संगठनले इमेज टेलिभिजनलाई १०–३ को फराकिलो अन्तरले पराजत गर्दै फाइनलमा पुग्न सफल भयो । संगठनको जितमा दिपेन्द्र गुरुङ एक्लैले ८ गोल गरे । नवीन गुरुङ र प्रमिस खवासले समान १–१ गोल थपे । इमेजका भेषराज पौडेलले ३ गोल गरे ।

यस्तै इमेज टेलिभिजनले नेपाल टेलिभिजनलाई सडन डेथमा ९–८ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । निर्धारित ३० मिनेटको खेल ४–४ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइदा इमजेले बाजी मारेको हो । सुरुवाती तीन पेनाल्टी बराबरी, त्यसपछिको तीन पेनाल्टी पनि बराबरी र त्यसपछिको १–१ पेनाल्टी पनि बराबरीभएपछि अन्तिम २ पेनाल्टीमा इमेजले २–१ को जित निकाल्यो ।

मिडिया कप फुटसल प्रतियोगिता नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । मिडिया कपमा सञ्चार क्षेत्रसँग सम्बन्धित ११ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (ए), नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (बी), सूचना विभाग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (ए), नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (बी), इमेज च्यानल, नेपाल टेलिभिजन, नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल र नेपाल पत्रकार मञ्चले भाग लिएका थिए ।

प्रतियोगिताको विजेताले १० हजार रूपैयासहित ट्रफी पाउनेछ । दोस्रोले ७ हजार तथा तेस्रो हुनेले ५ हजार रूपैया हात पार्नेछन् । यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई ट्रफीसहित पुरस्कृत गरिने महासंघका महासचिव तथा प्रतियोगिता संयोजक प्रकाश थापाले जानकारी गराए ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.