7 years ago
May 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कान्तिपुर मिडिया ग्रुप र क्यूएफएक्स दोस्रो ‘नेपाल आईस आन फुटसल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् ।

नेपाल विज्ञापन संघ (आन) को आयोजनामा सोमबार सुरु भएको फुटसल प्रतियोगिताको समूह ‘जी’बाट कान्तिपुर मिडिया ग्रुप र क्यूएफएक्सले अघिल्लो चरणमा पुगेका हुन् । कान्तिपुर अपराजित रहँदा क्यूएफएक्स भने कान्तिपुरसँग पराजित भएको थियो ।
कान्तिपुर मिडिया ग्रुपले नयाँ पत्रिकामाथि २–० गोलको जित निकाल्दै प्रतियोगिताको सुखद् सुरुआत गरेको थियो । यसैगरी कान्तिपुरले दोस्रो खेलमा प्रिज्मार्कलाई ३–२ ले र क्यूएफएक्सलाई २–० ले हरायो । क्यूएफएक्सले प्रिज्मार्कसँग १–१ गोलको बराबरी खेलेको थियो भने नयाँ पत्रिकालाई ३–२ ले पराजितको थियो ।
समूह ‘एच’ बाट मिडिया हब र एड रिलिजले प्रि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । मिडिया हबले तीन वटै खेल जित्दा एड रिलिजले २ खेल जित्न सफल भयो । मिडिया हबले मार्समाथि २–१ गोल अन्तरले जित निकाल्दा की एड्भरटाईजिङमाथि १ का विरुद्ध १० गोल र एड रिलिजमाथि १–० को जित निकाल्न सफल भयो । यसैगरी एड रिलिजले की एडभरटाईजिङलाई ६–०, मार्सलाई ५–२ ले हराएको थियो ।
प्रतियोगिता अन्तर्गत मंगलबार समूह ‘इ’ र ‘एफ’का समूह चरणका सबै खेल हुने छन् । समूह इ मा न्यूज–२४, विजनेस एडभान्टेज, नेपाल टेलिभिजन र माछापुच्छ«े वैंक रहेका छन् । प्रतियोगितामा व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरि ३२ टिमले सहभागिता जनाएका छन् । उनीहरुलाई ८ समूहमा विभाजन गरिएको छ ।
सानेपाको फिल्ड फुटसल सुरु प्रतियोगिताको पूर्व अध्यक्ष माधवराज तिमल्सिना र अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ले संयुक्तरुपमा गरेका थिए ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]